" />
काठमाडौं | स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र मुक्तिनाथ विकास बैंकबिच SCT-UPI डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा स्माट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गर्नुभएको हो । बिगत २० वर्षदेखि डिजिटल […]
कोशी प्रदेश सरकारले चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको छ । इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही) इलामका सटेन्द्रकुमार जबेगु र सोमनाथ अधिकारी, झापाकी अम्बिका भण्डारीलाई कोशी प्रदेशका मुख्यमन्त्री […]
पोखरा महानगरपालिकाले फिर्के खोलामा डोजर चलाएको छ । फिर्केखोलामा अवैद्यरुपमा रेटेनिङ वाल लगाएपछि महानगरले डोजर चलाएको हो । फिर्केखोला अतिक्रमणको चपेटामा परिरहँदा विचौलियाहरुले संरक्षणको नाममा धमाधम खोला मिच्न थालेपछि मेयर धनराज आचार्यको निर्देशनमा आज डोजर लगाएर पूर्णरुपमा भत्काएको हो । नेपाल प्रहरी, नगर प्रहरीसहितको दलबलको टोलीले वाल भत्काएको हो । पोखरा १८ पोखरावेशी र अँधेरीकुनामा […]
नेपाली उपभोक्ता संरक्षण महासंघले कानून तथा नीति निर्माण समितिको संयोजकमा अधिवत्ता बिष्णु गिरीलाई उपभोक्ता अधिकार सम्बन्धी कार्यक्रममा सहभागिता जनाउन दक्षिण कोरिया जादैछन् । बैशाख १८ गते अधिवत्ता गिरी श्रीलंकन एयरलाईन्स मार्फत दक्षिण कोरिया जान लागेका हुन् । कोरियाली उपभोत्ता संघको कार्यक्रममा अधिवत्ता गिरीले नेपालको तर्फबाट प्रतिनिधीत्व गर्नेछन् । अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र […]
पोखरामा साथी साथी भएर पौडी खेल्न जादा घट्यो डरलाग्दो घटना रोनीष सधैको लागी अस्ताए भिडियो सहीत पोखरा १७ पावर हाउसस्थित फुस्रे खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा १५ नयाँगाउाँट पौडी खेल्न फुस्रो खोला पुगेका १५ वर्षिय रोनिश गुरुङको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए । […]
सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए । दातृ निकायबाट अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’ प्रदेश सरकारले सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाको बाटो नखोलिदिँदा समस्यामा परेका थिए । साढे दुई वर्षदेखि थन्किएका ती सवारी सञ्चालनका लागि लुम्बिनी […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले २७ चैतमा संघीय सरकारले असहयोग गरेको १७ बुँदा सार्वजनिक गर्दा स्वास्थ्य मन्त्रालयबारे पनि एउटा बुँदा समावेश गरेका थिए । जसमा लेखिएको थियो, ‘सरकारी अस्पताल सरसफाइ, बीमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौं उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन– दुई मन्त्रीसँग विभिन्न चरणमा पहल […]
घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीका स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ ‘इनारको पानी सुक्दै गएको छ, पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो’, बर्दिबास-९ पशुपतिनगर, झ्याकुलेटोलका राजकिशोर महतोले इनार देखाउँदै भने, ‘बयलगाडा […]
कोकाहाखोला बाट धरान सम्म खानेपानी ल्याउन भैरहेको कोकाहा खानेपानी आयोजनामा सहयोग पुर्याउनेउद्देश्यले गत चैत २५ गते सम्पन्न भएको बृहत सांगीतिक कार्यक्रम ७त्रगयतसच्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान ७त्रगयतस बाट उठाईएको रकम सोमबार सार्वजनिक गरिएको छ।आयोजक सिल्भर इन्टरटेन्मेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै कन्सर्टको आयव्यय सार्वजनिक गरेको हो । उक्त कन्सर्टको सम्पूर्ण खर्च कटाएर २८ लाख ३६ […]
वैशाख १५ गते नेपाली बक्स अफिसमा स्टार भर्सेस ब्राण्डको भिडन्त हुँदैछ । यसबाहेक फिचर फिल्मभन्दा अलग जनराको स्वाद लिन चाहने दर्शकलाई पनि त्यो सुविधा उपलब्ध छ । यसर्थ यो मिति फिचर भर्सेस डकुमेन्ट्री पनि बन्नेछ । आगामी शुक्रबार ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ रिलिज […]