" /> News – Page 53 – News of Global
सुर्खेतको हिरासतबाट फरार तीन जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट फरार भएका ३ जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध ब्राउन सुगर सहित पक्राउ विरेन्द्रनगर ६ का २६ वर्षिय रोशनराज रेग्मी , २० वर्षिय सुनिल थारु र विरेन्द्रनगर ११ का २१ वर्षिय सन्देश कशेरा दुइ दिन अधि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष सगै रहेको सौचालयको झयाल […]

काठमाडौं महानगरपालिका वडा नं. ७ मा राहत विवरण

काडमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनको कारण दैनिक जीवन ठप्प परिरहेको अवस्थामा आफ्नो वडाभित्र बसोबास गर्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि काठमाडौँ महानगरपालिकाका वडा ७ ले राहत वितरण सम्पन्न गरेको छ । गत चैत्र २०, २१ र २२ तीन दिन लगाएर राहत वितरण कार्य सम्पन्न गरिएको हो । राहत वितरण कार्यलाई सहजीकरण […]

जोखिम मोलेर राहतका लागि लाइनमा

काठमाडौं । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा शुक्रबार मान्छेहरुको लामो लाइन लाग्यो । कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउनका कारण हातमुख जोड्न मुस्किलमा परेका परिवारका सदस्यहरु कोरोनाको जोखिमको बेवास्ता गर्दै राहतका लागि लाइनमा बसे । सरकारले देशभरका गरिब, विपन्न, मजदुर वर्गलाई राहत बाँड्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार सबै स्थानीय तहहरुले लकडाउनबाट प्रभावितहरुको तथ्यांक संकलन गर्दै […]

टेकुमा उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइँ लम्बिएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई […]

बेल्जियममा विरालोमा देखियो कारोना भाइरस

एजेन्सी । बेल्जियममा एक बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । घरमालिकबाट बिरालोमा कोरोना भाइरस सरेको बताइएको छ । द ब्रसेल्स टाइम्सका अनुसार बिरोलोका घरमालिक हालै इटालीबाट फर्केका थिए । बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो । विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको […]

ग्याँस अभाव भएपछि आधा सिलिन्डर भरेर बेच्न निर्देशन

काठमाडौं । बजारमा ग्यास अभाव देखिएपछि नेपाल आयल निगमले आधार सिलिण्डर ग्यास भरेर बिक्री गर्न उद्योगहरुलाई निर्देशन दिएको छ । अब बजारमा ७.१ केजी ग्यास भरिएको सिलिण्डर पाइने छ । यति ग्यासको मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा पर्नेछ । आपूर्ति पर्याप्त भएपनि ग्यास अभाव कायमै भएपछि निगमले आधा ग्यास भरेर बेच्ने निर्णय गरेको […]

जनजीवन सहज बनाउन भोलिबाट यस्ता सवारी साधन चल्नेछन्

काठमाडौं । उपभोग्य तथा कृषि सामाग्रीको ढुवानी सहज बनाउनको लागि सरकारले ती सवारी साधन सुचारू गर्ने भएको छ । बुधबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले यस्तो निर्णय लिएको हो । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने निर्णय गरिएको छ । […]

अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका तीनजनालाई दर्ज्‍यानी चिन्ह

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका तीनजना वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्‍यानी चिन्ह प्रदान गरेका छन्। प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्‍यानी चिन्ह प्रदान गरेका हुन्। दर्ज्‍यानी चिन्ह प्रदानपछि बधाई तथा शुभकामना दिँदै सांगठानिक योगदान थप महत्वपूर्ण हुने भएकोले नेतृत्व, निर्णय […]

बढी भिडभाड हुने स्थानमा ‘डिसइन्फेक्सन स्प्रे’

काठमाडौं । लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको काठमाडौँ महानगरपालिकाले आजबाट महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए । ‘काठमाडौँ महानगपालिकाले बढी […]

विदेशबाट आयात हुने सामानमा अनिवार्य ‘डिसइन्फेक्सन स्प्रे’

काठमाडौं । सरकारले विदेशबाट आयात हुने सबै वस्तुलाई संक्रमण नियन्त्रक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केर मात्रै स्वदेश भित्र्याउने भएको छ । मानिससँगै आयात भएका माल वस्तु र सवारीसाधनमार्फत भित्रिन सक्ने कोरोना संक्रमण रोक्न यस्तो व्यवस्था गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । ‘सबै भन्सार कार्यालयहरुलाई तत्कालका लागि आफ्नै स्रोतबाट डिसइन्फेक्सन स्प्रे गर्न निर्देशन जारी गरिएको […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]