" /> News – Page 52 – News of Global
काठमाडौंको प्रहरी प्रमुखमा श्यामलाल, अपराधमा दिपक थापा

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ । उनी हाल महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत् छन् । श्याम प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीका भाइ समेत हुन् । त्यस्तै, महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा एसएसपी दिपक थापालाई पठाइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत् […]

२५०० भाडा नतिर्दा घरबेटीले कोठाबाट निकालिदिए

पोखरा । करिब १५ दिन भयो नबिन गुरुङ र श्री गुरुङलाई घरबेटीले निकाल्दिएको । लकडाउनको बेला सबै घर गए, उनीहरुको घर स्याङजा रहेछ तर घर जाने पैसा पनि नभएको र त्यही बेला दुई महिनाको घरभाडा घरबेटीले मागेपछि तिर्न सकेनन् । महिनाको २५ सयका दरले दुई महिनाको पाँच हजार नतिरेपछि घरबेटीले घरबाट निकालेको र आफूहरु अलपत्रमा […]

सरकारले पास दिए अलपत्रलाई घर पु¥याउँछौंः व्यवसायी

काठमाडौं । यातायात व्यवसायीले लामो लकडाउनका कारण काठमाण्डौं उपत्यकालगायत स्थानमा अलपत्र परेका मजदुर तथा सर्वसाधारणलाई घरसम्म पुर्‍याइदिन तयार रहेको बताएका छन् । राजमार्गमा हजारौं मजदुर पैदल नै हिंडेर घर जाने अवस्था देखिएको भन्दै यातायात व्यवसायीको संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सर्वसाधारणलाई घर पुर्‍याउन तयार रहेको जनाएको हो । महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सोमबार एक विज्ञप्ति […]

प्रहरीको पेट्रोल पम्पमा पानी मिसिएको भेटियो

काठमाडौं । नेपाल प्रहरीको सामाखुसीस्थित महालक्ष्मी पेट्रोल पम्पमा पानी मिसिएको पेट्रोल भेटिएको छ । पेट्रोलमा पानी मिसिएर आएको पाइए पछि छानबिन सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोल वितरण गर्ने बेला पानी मिसिएको पाइए पछि अनुसन्धान थालिएको नेपाल आयल निगम थानकोट वितरण डिपो प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले जानकारी दिए । उनकाअनुसार पम्पमा शुक्रबार […]

सीमा क्षेत्रमा ३ हजार २ सय सशस्त्र प्रहरी परिचालन

विराटनगर । नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन बढाइएको छ । प्रदेश १ मा सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । यसअघि दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा रहेको सशस्त्रको सुरक्षा पोस्ट दशगजा क्षेत्रमा खडा गरिएको छ । खुला सीमानाका कारण भारतबाट मानिसहरु लुकिछिपी […]

कोरोना संक्रमणबाट मृत्यु भए परिवारलाई ५० लाख

विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएमा प्रदेश सरकारले परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईले नयाँ बर्षको अवसरमा आइतबार प्रदेशबासीको नाममा भिडियो सम्बोधन गर्दै कोरोनाको उपचारमा खटिने चिकित्सक, सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्सचालक, […]

निषेध गरेर जाने सोचको समाप्तः पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध गरेर जाने सोचको आयु समाप्त भएको दाबी गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले कोराना भाइरस (कोभिड–१९) को महामारीबाट बच्न सबैले सजगतासँगै एकता आवश्यक भएको बताएका छन् । उनले अघि भनेका छन्, ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई […]

कोरोना नेगेटिभ देखिएपछि घर पठाइएकी महिलामा संक्रमणको पुष्टि

धनगढी । कोरोना संक्रमण परीक्षण गर्दा र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएकी ६५ वर्षीया महिला वीरगञ्ज नाकामा चिया बेच्छे गर्थिन् । लकडाउनका कारण समस्यामा परेकाहरू उनीसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा मात्र कैलालीको लम्की […]

कोरोना संक्रमणको रिपोर्ट नआउँदै दुई युवक आइसोलेसनबाट भागे

काठमाडौं । डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोराना भाइरसको आशंकामा भर्ना भएका दुईजना भागेका छन् । शनिबार अपरान्ह उनीहरु अस्पतालबाट भागेका हुन् । अस्पतालकाअनुसार भाग्नेमा करिब ४० वर्षीया महिला र १९ वर्षीय पुरुष छन् । कोभिड–१९ को आशंकामा चैत २५ गते उनीहरु अस्पतालमा भर्ना भएका थिए । दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना […]

लकडाउनमा कडाई, ५४५ सवारी साधन नियन्त्रणमा

काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनलाई विशेष निगरानीका साथ हेरिएको छ । दोस्रोपटक थपिएको लकडाउनलाई सरकारले विशेष कडाईका साथ लिएको हुँदा अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ । मंगलबार मात्रै काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ५१० वटा २ पाङ्ग्रे र ३५ […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]