" /> News – Page 41 – News of Global
सरकारको विरोधमा लालटिन बालेर विद्यार्थीको प्रदर्शन

काठमाडौं । प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज लालटिन बालेर प्रदर्शन गरेका छन्। रञ्जित तामाङ नेतृत्वमा रहेका अनेरास्ववियूले बुधबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदमको […]

आधिकारिकताबारे निर्वाचन आयोगले दाबी प्रस्तुत गर्न भनेकोमा प्रचण्ड-नेपालको असहमति

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आफूहरूको आधिकारिकताबारे निर्वाचन आयोगले दाबी प्रस्तुत गर्न भनेकोमा असहमति जनाएको छ। प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले मंगलबार आयोगलाई पत्र लेख्दै यसबारे दाबी प्रस्तुत गर्न नपर्ने जवाफसमेत पठाएको छ। कानुन व्यवसायीसमेत रहेका सांसद कृष्णभक्त पोखरेलले आफूहरू मूलधार भएकाले आयोगको चिठी औचित्यहीन रहेको बताए। ‘हामीले उजुरी गर्ने होइन। किनकी मूलधार हामी हौं। एकता गर्दाको […]

प्रचण्डपत्नी सीता दाहाललाई थप उपचार गर्न मुम्बई लगियो

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । उहाँलाई नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सीताको उपचार न्युरोजेन ब्रेन एण्ड […]

मुख्यमन्त्रीद्वारा १५ सांसदलाई निलम्बन, दुई समूहबीच कारवाहीको घोषणा

विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एकअर्कालाई कारबाही गरेको घोषणा गरेका छन् । बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । र, भीम आचार्यलाई दलको नेता चयन गरेको छ । त्यसको प्रतिउत्तरमा ओली समूहमा रहेका मुख्यमन्त्री राईले आर्चायसहित १५ प्रदेशसभा सदस्यदलाई […]

निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर होः वरिष्ठ उपाध्यक्ष ढकाल

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका […]

‘धरान शहर’का स्रष्टाहरु सम्मानित

काठमाडौं । धरान र ‘धरान शहर’ बोलको रेकर्ड गरि म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसारमा थप मद्दत पु¥याएकोमा धरान सरोकार समाज, काठमाडौँले सम्मानित गरेको छ । ‘धरान शहर’ बोलको गीतका गीतकार हर्क चुम्मे । संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज, काठमाडौँका अध्यक्ष […]

जेठमा एसईई गर्ने तयारी, खुल्यो रजिष्ट्रेसन फर्म

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर […]

पार्टी कार्यालय कब्जामा लिन खोज्दा भिडन्त

गोरखा । गोरखामा साविकको नेकपा एमालेको कार्यालय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधव समूह र ओली समूह दुबैले आफ्नो नियन्त्रणमा राख्न खोज्दा मंगलबार स्थिति तनावपूर्ण बन्यो । गोरखा नगरपालिका–८ चाइनिजधारास्थित उक्त कार्यालयबाट मंगलबार प्रचण्ड– माधव समूहले संसद विघटनविरुद्धको प्रदर्शन सुरु गर्न लाग्दा ओली समूहका कार्यकर्ता कार्यालयभित्रै बसिरहेको थियो । दुबै समूह एकै ठाउँमा भएपछि […]

सुदूरपश्चिम प्रदेशका मन्त्री पठानसिंह बोहरा बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए । बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड(माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी […]

राज्यमन्त्री रामवीर मानन्धरले राखे गीत गाएर विश्व रेकर्ड

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सयम गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । गायनका क्रममा उनले ५९ वोटा गित गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा विशेष कार्यक्रमबीच […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]