" /> News – Page 40 – News of Global
ग्लोबल आइएमई र भण्डारा दूग्ध उत्पादक सहकारीबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवाली र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले भण्डारा […]

नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त रहेको दरबन्दीमा बढुवा सिफारिस गरेको हो । सिफारिसअनुसार एक नम्बरमा भुवनेश्वर तिवारी बढुवा सिफारिस भएका छन् भने दुई नम्बरमा ऋषिराम कँडेल सिफारिस भएका छन् । यस्तै सुरेश काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदम […]

गाउँपालिकाको सबै वडा र विद्यालयमा आँखा जाँच गर्ने

गोरखा । गोरखाको शहिद लखन गाऊँपालिकाले पालिकाका सबै वडा र सबै विद्यालयहरुमा आँखा जाँच शिविर सञ्चालन गर्ने भएको छ । गोरखा लायन्स आई सर्जिकल सेन्टरको प्रावधिक सहयोगमा सबै वडाका स्वास्थ्य संस्था र ५ कक्षासम्मका विद्यार्थीलाई लक्षित गरि शिविर सञ्चालन गर्न लागिएको हो । आज बक्राङ स्वास्थ्य चौकीमा आँखा शिविर गरेर अभियानको सुरुवात गरिएको गाऊँपालिकाका स्वास्थ्य […]

सोलुखुम्बुमा ट्रिपर दुर्घटना, तीन जनाको मृत्यु

बिराटनगर । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एकजना गम्भिर घाइते छन् । आइतबार राति ११ बजेतिर भएको दुर्घटनामा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी […]

बारा र पर्साका पेट्रोलियम व्यवसायीहरुको संघर्ष समिति गठन

वीरगञ्ज । इन्धनको कारोबार अमेलखगञ्ज डिपोबाट गर्न नेपाल आयल निगमले दिएको निर्देशनमा बारा र पर्साका व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ ल्याउँदा ढुवानी खर्च बढी पर्ने तर्क गर्दै उनीहरुले यो निर्णय नसच्चिए आन्दोलनमा जाने भन्दै संघर्ष समिति पनि गठन गरेका छन् । जनवरी १६ अर्थात माघ ३ गतेदेखि डिजल, पेट्रोलको कारोबार अमलेखगञ्ज डिपोबाटै […]

काठमाडौंको भद्रकालीमा बस पल्टियो

काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा३ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको हो बसमा तीन जना सवार थिए । तर दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको […]

५ महिनाभित्र १०१ जना विदेशीलाई देश निकाला

काठमाडौं । सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ । गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ । अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ । मंसिर […]

कपाल खौरिएर प्रदर्शन गर्न खोजेपछि प्रहरी धरपकड

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले संसद विघटनविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यार्थी नेता, कार्यकर्ताले कपाल खौरिएर प्रदर्शन गर्न खोजेपछि प्रहरीले १८ जनालाई पक्राउसमेत गरेको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार विद्यार्थीले सार्वजनिक स्थलमा ब्लेड लिएर हिँडेपछि भिडमा कुनै अप्रिय घटना नहोस् भनेर नियन्त्रणमा लिइएको […]

कलाकार संघको भवन निर्माण मूल समिति गठन

काठमाडौं । नेपाल चलचित्र कलाकार संघ (फान) ले कलंकीको स्यूचाटारमा निर्माण गर्न लागेको आफ्नै भवनका लागि भवन निर्माण मूल समिति गठन गरेको छ । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दिनु भएको जानकारी अनुसार संघको केन्द्रिय कार्यसमितिको बैठकले वर्तमान संरक्षक वरिष्ठ कलाकार हरिबंश आचार्यको संयोजकत्वमा भवन निर्माण मूल समिति गठन गरिएको हो । वर्तमान केन्द्रिय अध्यक्ष […]

शिवालय माविको ६० औँ वार्षिकोत्सव सम्पन्न, ५ जनालाई शिवालय वर्ष सम्मान

पोखरा । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७७ प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा शिक्षक धनबहादुर गुरुङ, पूर्व अध्यक्षद्वय तिलबहादुर थापा र हिराप्रसाद सुवेदी, शिक्षक–अभिभावक सङ्घकी पूर्व अध्यक्ष लीला ओझा र […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]