" /> News – Page 39 – News of Global
९२ करोडमा ९७ वटा आयोजना निर्माण हुँदै

कर्णाली । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश, सुर्खेतले ९२ करोड ३७ लाख रुपैयाँ बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण गरेको छ । प्रदेशको सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेबल पुल र दुई झोलुङ्गे पुल निर्माण गर्न थालिएको पूर्वाधार निर्देशनालय कर्णाली प्रदेश […]

फिल्म पढ्न चाहने २४ जनालाई ओस्कारको छात्रवृत्ति

काठमाडौं । नेपालको ओस्कार कलेजले यो वर्ष २४ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने घोषणा गरेको छ । कोरोना भाइरसको महामारीका कारण फिल्म पढ्न चाहने विद्यार्थीको सपना पैसाकै कारण नरोकियोस् भन्ने मनसायले २४ जनालाई छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ । जसमध्ये २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ प्राप्त गर्नेछन् भने बाँकी ४ जनालाई ‘फिल्म एन्ड मिडिया […]

श्रोत र साधनलाई सहीरुपमा सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो, वरिष्ठ उपाध्यक्ष ढकाल

दाङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताउनुभएको छ । शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक श्रोत र साधनहरु हुँदाहुँदै पनि […]

पठाओ र टुटलविरुद्ध ट्याक्सी व्यवसायीको आन्दोलन

काठमाडौं । ट्याक्सी व्यवसायीले गैरकानुनीरुपमा टुटल र पठाओ सञ्चालन गरेको विरोध प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले शनिबार प्रदर्शन गरेका हुन् । माइतीघरमा प्रदर्शन गर्दै निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार गरेको भन्दै त्यसलाई तत्काल बन्द गराउन माग गरेको छ । यस्तै, उनीहरुले २२ माघमा नेकपा प्रचण्ड–माधव […]

बाटो विस्तारको क्रममा एक घरमा क्षति

गोरखा। सहिद लखन गाँउपालिका वडा नं. ९ मा सडक विस्तार गर्ने क्रममा ढुङ्गा खसेर सोबिराज गुरुङको घरमाक्षति पुगेको छ। डोजर लगाई सडक विस्तारको क्रममा बाटोभन्दा केहि मिटर मात्र तल रहेको घरमा ढुंगा खसेर क्षति पुगेको छ। पीडितका अनुसार घर नै धराप हुने गरी सडक निर्माण भएको हुँदा सडकबाट खसेको ढुङ्गाले घरको पछाडि भागमा क्षतिग्रस्त बनेको […]

सहिद लगनका जेष्ठ नागरिकलाई गोरखा आयुर्वेदको सम्मान तथा औषधी

गोरखा । गोरखा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र घैरुङ गोरखाले ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित औषधी वितरण गरेको छ । केन्द्रमा सोमवार आयोजित कार्यक्रममा शहिद लखन वडा नम्वर ६ का ५० जना ज्येष्ठ नागरिकलाई खादा खोढाएर सम्मान गरि आयुर्वेदिक औषधी वितरण गरिएको हो । ज्येष्ठ नागरिक सेवा कार्यक्रम अन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई औषधी वितरण गरिएको […]

मोटरसाइकल चोरी गरी भाग्दा गोंगबुमा पक्राऊ

काठमाडौं । बालाजु बाइपासबाट मोटरसाइकल चोरी गरी चक्रपथतिर जाँदै गरेको क्रममा प्रहरीले गोंगबुमा पक्राउ गरेको छ । प्रदेश नं. ३–०२–०१५ प २६८२ नम्बरको माटरसाइकल बालाजुबाट चोरी गरी चक्रपथतर्फ जाँदै गरेको बेला पक्राउ परेको थियो । ट्राफिक प्रहरीले चोरीको घटना सुनेलगत्तै चेकजाँज सुरु गरेको थियो । चक्रपथका विभिन्न स्थानमा चेकजाँच भइरहेको अवस्थामा गोंगबुको चेकजाँचमा अटेर गरी […]

सडकमा राखिएको जालीमा बस ठोक्किँदा २२ घाइते

मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका २२ जना यात्रु घाइते भएका छन् । यात्रुलाई स्थानीय गाउँले र प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा र चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले […]

काठमाडौं गेष्ट हाउसमा साह मृत भेटिए

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वसरस्थित काठमाडौं गेष्ट हाउसमा काम गरी बस्ने मोरङ विराटनगर स्थायी घर भएका ६५ वर्षीय सुरेश साह सोही गेष्ट हाउसमा सुतिराखेको अवस्थामा सोमबार मृत फेला परेका छन् । यसैगरी काठमाडौ महानगरपालिका १६ बाईपास नजिक घरमा हाल नाम, थर, वतन नखुलेको करिब ४६ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । […]

जनजाति महासंघको सचिवमा ढाका उद्यमी कल्पना लिम्बू चयन

काठमाडौं । आदिवासी जनजाती महासंघ नेपालको सचिवमा पदमा ढाका उद्यमी कल्पना योङहाङ लिम्बू चयन गरिएकी छन् । हालैमात्र नेकपा ओली पक्षको केन्द्रीय सदस्य चयन भएकी समाजसेवीसमेत रहेकी योङहाङ महासंघको सचिव पदमा चयन भएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट महासंघले केन्द्रीय तथा सचिवालय सदस्य विस्तार गरेको हो । प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा बुधबार काठमाडौंमा […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]