" />
दमौली : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । तीन वटा प्रदेशसभा क्षेत्रमा निर्वाचनबाट र एउटा प्रदेशसभा क्षेत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । तनहुँ क्षेत्र नम्बर १ (क), (ख), तनहुँ क्षेत्र नम्बर २ (क) मा निर्वाचन भएको हो भने तनहुँ क्षेत्र नम्बर २ (ख) मा सर्वसम्मत […]
वालिङ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चारवटै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा क को सभापतिमा केशरबहादुर खाँण (ध्रुब), ख मा प्रकाश तिवारी, २ को क मा अर्जुनप्रसाद खनाल र ख मा महेश भट्टराई निर्वाचित हुनुभएको हो । स्याङ्जा २ क मा अर्जुनप्रसाद खनाल […]
काठमाडौँ । विगत वर्षहरूमा झैँ आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ । प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट हुनुभएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि एवम् दीपाश्री निरौलाले […]
कर्णाली : कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । मन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष मङ्गलबार शपथग्रहण गर्नुभएको हो । शाहीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा शाहीलाई नियुक्त गरेपछि प्रदेश सरकारको […]
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा अवस्थित देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ । दुई वित्तीय संस्था गाभिएर मङ्गलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी रु ३० करोड ६९ लाख २३ हजार र […]
कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताउनुभएको छ । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन गर्दै उहाँले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना गरेकाले यसले प्रदेशको पहिचान दिन सफल […]
काठमाडौँ : वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मनुभएको थियो । विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गर्नुभएका लोकतान्त्रिक स्रष्टा […]
काठमाडौँ । प्रेस काउन्सिल नेपालले समाचारदाता (स्ट्रिञ्जर) लाई काममा फर्काउन आग्रह गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्तिमार्फत गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदाता (स्ट्रिञ्जर) लाई काममा नलगाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूलाई तत्काल काममा फर्काउन आग्रह गरेको छ । काउन्सिलअन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको हालै बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको […]
कास्की : जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले आइतबार सूचना जारी गरी कोभिड–१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति १०ः०० बजेसम्म […]
पर्वत : यहाँको देउपुरबाट कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेशनको निर्माण सम्पन्न भएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी र कास्कीको माछापुच्छ गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेशन तयार भएको हो । लाहाचोक सबस्टेशनको भने डेढ महिनापछि चार्ज गर्ने तयारी रहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो । मोदी गाउँपालिकाको […]