" /> News – Page 19 – News of Global
पदका लोभीहरुले मात्रै पार्टी छाडेका हुन्ः मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गरेका छन् । नेकपा (माओवादी केन्द्र) जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका नेतासमेत रहेका मन्त्री पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रहेकाले पद लोभीहरूले मात्रै पार्टी […]

हुबहु सार्ने पत्रपत्रिकालाई काउन्सिलको कारवाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले विगत २ आर्थिक वर्षको पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । पछिल्लो वर्षको वर्गीकरणमा ४५ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी आ.व. २०७५÷०७६ र २०७६÷०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको जनाएको हो । […]

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य सामग्री प्रहरीलाई हस्तान्तरण

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य (अडियोभिडियो) आज प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ । यो गीतको श्रव्यदृश्यलाई शुभमिडिया होम प्रालिले तयार गरेको थियो । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार तथा गायक हरिवंश आचार्यले हस्तान्तरण […]

एमालेका दुई नेता गौतम र अधिकारी माओवादी प्रवेश

नेकपा एमाले चितवन–काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज तथा प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि चिरञ्जीवी अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । क्यान महासङ्घका केन्द्रीय सचिव समेत रहेका उनलाई सोमबार खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । यस्तै एमाले चौँरीदेउराली काभ्रेका नेता तथा युवा व्यावसायी रमेश […]

नेपाल टेलिभिजनको ३७ औँ वार्षिकोत्सव

काठमाडौँ : सरकारी स्वामित्वको नेपाल टेलिभिजनले आफ्नो स्थापनाको ३७ औँ वार्षिकोत्सव मनाएको छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै टेलिभिजनले सिंहदरबारस्थित स्टुडियोबाटै संक्षिप्त रुपमा वार्षिकोत्सव मनाएको हो । सार्वजनिकरुपमा मनाइँदै आएको वार्षिकोत्सव कार्यक्रम कोभिड महामारीको जोखिमका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गरेर दिवस मनाइएको टेलिभिजनले जनाएको छ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सञ्चार […]

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

काठमाडौँ । भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका केही देशहरूमा गैरकानूनी रूपमा पु¥याई नेपाली नागरिकलाई […]

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

दैलेख । जबरजस्ती करणी उद्योग गरेको कसुरमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दुल्लु नगरपालिका–१२ का २३ वर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका–९ का १८ वर्षीय रमेश खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वरप्रसाद साहले बताउनुभयो । उहाँका अनुसार सुनारमाथि गत पुस ११ गते १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप […]

काठमाडौंमा लगाइएको सवारीमा जोरविजोर हट्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो । यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा आज […]

रूपाज्योति माविको ४१ औँ वार्षिकोत्सव

पोखरा । कास्कीको रूपा गाउँपालिका, वडा नम्बर ६, तालबेंसीमा सञ्चालित रूपाज्योति माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देगेन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिकाका शिक्षा प्रमुख सन्दिप पौडेलले रूपाज्योति रूपाकै एक ज्योति भएको धारणा राखे । ‘पैसा तिर्दैमा पढाइ राम्रो हुने होइन, पैसा […]

शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान

काठमाडौँ : शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले आज सूचना प्रकाशित गरेको छ । नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]