" />
काठमाडौं । अवैध बाटोबाट अमेरिका छिर्ने भन्दै हिँडेका ८१ जना नेपाली मोरक्कोको कासाब्लांकाबाट डिपोर्टमा परेका छन् । एकैपटक धेरै संख्यामा नेपाली देखिएपछि अध्यागमनले शंका लागेर अनुसन्धान थालेपछि डिपोर्टको निर्णय भएको सुनाए । स्रोतका अनुसार पछिल्लो समय अवैध रूपमा अमेरिका लैजाने नयाँ रुटका रूपमा दुबईबाट मोरक्कोको कासाब्लांका पु¥याउने र त्यहाँबाट बोलिभिया वा ब्राजिल छिराउने काम भइरहेको […]
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव अहिले काठमाडौँ ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव सोमबार साँझ काठमाडौँमा ल्याइएको हो । […]
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको युवा संगठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ । शुक्रबार साँझ काठमाडौंको बानेश्वरमा युवा संघका नेता कार्यकर्ताले मसालसहित प्रदर्शन गरेका थिए । युवा संघका नेता निरज पौडेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा युवा संघले गर्दै आएको आन्दोलन कार्यक्रम अन्तर्गत शुक्रबार मसाल जुलुस गरिएको बताए […]
काठमाडौ । सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका शसस्त्र प्रहरी बलका पूर्व डिआईजी रञ्जन कोइरालामाथि साढे ११ वर्ष कैद मिनाहा गर्ने आफ्नै संयुक्त इजलासको फैसला उल्ट्याएको छ । सर्वोच्च अदालतले त्यतिबेलाको फैसला सही भएको तर कैद मिनाहा गर्ने राय गलत भएको भन्दै कोइरालालाई जन्मकैद नै हुनुपर्ने फैसला दिएको हो । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु […]
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफुले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छिन् । बाल्यकाल देखि नै आफु कस्मेटिक प्रति निकै सजक भएको उनको कथन छ । बिहिबार काठमाडौंमा एक समारोहबीच जापानको अन्तराष्ट्रिय उत्पादन व्युटी कस्मेटिक ‘डि एच सी’ को स्किन सम्बन्धि विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै अभिनेत्री करिश्माले यस्तो भनाई […]
काठमाडौँ महानगरपालिकाको मेयर पदमा जीत सुनिश्चित भएसँगै स्वतन्त्र उम्मेदवार बालेन साहले विजय जुलुस भनेर अरूलाई पराजित गर्यौँ भन्ने सङ्केत नगर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा सङ्केत भएको छ कि भन्नेमा ध्यान दिनुपर्ने बताएका हुन् । […]
काठमाडौं । स्टार वान इन्टरटेनमेन्टको आयोजनामा तेश्रो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२२ आयोजना हुने भएको छ । आगामी २५ जेठमा काठमाडौंमा एक समारोहबीच यो अवार्डबाट सम्बन्धित श्रष्टालाई प्रदान गरिने भएको छ । कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार नेपाली गीत संगीत र फेशन क्षेत्रको प्रवर्धनको लागि तीन वर्ष अघिबाट यो अवार्ड आयोजना हुँदै आएको छ […]
काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् । ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् । उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । […]
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ मा नेपाली कांग्रेसको विजय ¥यालीमा सहभागी भएकाहरुमाथि एमाले कार्यकर्ताको आक्रमण भएको छ । आक्रमणमा परी विजयी उत्सवमा सहभागी ६ जना स्थानीय घाइते भएका छन् । वडा नम्बर २७ को अध्यक्ष जितेपछि बिहीबार राति कांग्रेसले विजयी उत्सव मनाएको थियो । सो क्रममा नेकपा एमालेका वडाध्यक्षको उम्मेदवारसहितको समूहले र्यालीमा सहभागीमाथि आक्रमण गरेको कांग्रेसको […]
जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसद बचाउन सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन्। उनले संविधान जनताको जनप्रतिनिधिले बनाएकोले समयावधि बिनै संसद र संविधानको मूल्य मान्यता विपरित विघटनलाई अपदस्त गर्न गठबन्धन दलको आवश्यकता भएको बताएका हुन्। शनिबार जनकपुरधाममा पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष […]