" /> News – Page 16 – News of Global
पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका जसपाका ७ जनालाई कारवाही

वीरगञ्ज । जनता समाजवादी पार्टीले पर्सामा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका केन्द्रीय सदस्य सहित ७ जनालाई कारबाही गरेको छ । केन्द्रीय सदस्य सदस्य करिमा बेगमसहित ७ जनालाई पार्टीबाट निस्कासन गरिएको जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिए । पार्टीबाट निस्कासनमा पर्ने अन्य नेताहरुमा प्रदेश समिति सदस्य जन्नत अन्सारी, प्रदेश परिषद सदस्य शिवकुमार साह, प्रदेश सदस्य गौरिशंकर […]

ओलीले गरे प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । उनी आफैं उपस्थित भएर आइतबार दिउँसो झापा क्षेत्र नं। ४ का लागि मनोनय दर्ता गराएका हुन् । यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट अधिकारी नै उम्मेदवार थिए ।

परिवार दलका अध्यक्ष ढकाललाई एमालेले बनायो प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार

काठमाडौ । २०७४ पछि नेकपा एमालेसँग राजनैतिक सहकार्य गदै आएको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाललाई नेकपा एमालेले उच्च प्राथमिकता सहित प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बनाएको छ । स्रोतका अनुसर निर्बाचन आयोगमा पेश गरेको बन्द सुचिमा नेता ढकाललाई स्थायी कमिटि सदस्य रघुजी पन्त पछि २ नम्बरमा समाबेश गरेको छ । एमाले र […]

कैलालीमा ५०० घर डुबानमा, मानिसहरु विस्थापित

धनगढी । बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिकामा पाँच सय भन्दा बढी घर डुबानमा परेका छन् । भजनी नगरपालिका २, ३, ७ र ८ का विभिन्न बस्तीमा बाढी पस्दा डुबान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले वडा नम्बर २ को पल्टापुर, मोहनपुर र […]

उम्मेदवारले खर्च गर्न पाउने शीर्षक र खर्चको सीमा यस्तो छ !

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले बिभिन्न ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदाता नामावली खरिद, प्रचार प्रसार सामग्री, गोष्ठी अन्तरक्रिया, सवारी साधन, दुवानी, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन शीर्षकमा उम्मेदवारले खर्च गर्न पाउनेछन् । […]

जुम्लामा पहिरो जाँदा एकै परिवारका ५ को मृत्यु, २ बेपत्ता

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका– ५ मा पहिरो जाँदा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज […]

ज्योतिषीय ज्ञान सम्बन्धी वर्कशप सम्पन्न

काठमाडौं । दक्षिण एसियाली ज्योषि महासंघ राष्ट्रिय समिति नेपालको आयोजनामा भएको ‘ज्योतिषीय ज्ञान वर्कशप’ सम्पन्न गरेको छ । २०७९ गते असोज ७ गते महासंघको कार्यालय डिल्लीबजारको सभाहलमा भएको ‘ज्योतिषीय ज्ञान वर्कशप’मा देशभरबाट २० जना ज्योतिषीहरुको सहभागी रहेका थिए । कार्यक्रममा ज्योतिषीहरुले आ–आफ्नो तर्फबाट विज्ञताको कार्यपत्र प्रस्तुत गरेका थिए । ज्योतिष ज्ञानसम्बन्धीका अनुभव सहित कार्यपत्र प्रस्तुत […]

बालेन शाहको सय दिनमा ६ वटा प्रकरण, मद्यपानदेखि यमबुद्धको शालिक प्रकरणसम्मको अभिव्यक्ति यस्तो छः

काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहले कार्यकाल संहालेको सय दिन पुगेको अवसरमा मनमा छाएका सन्दर्भ भन्दै ६ वटा प्रकरणको स्मरण गरेका छन् । यस अवधिमा आफ्नो आलोचना भएका ६ प्रकरणलाई उनले सामाजिक सञ्जालमार्फत विस्तृतमा प्रष्टिकरण दिएका छन् । यी प्रकरणमा फुटपाथबाट मकैको ठेला हटाएकोदेखि यमबुद्धको सालिक र नर्भिक अस्पताललगायतको अनधिकृत संरचना हटाउने सन्दर्भ समेटिएको छ […]

जापानले ५ हजार नेपाली कामदार लैजाने, भाषा सिक्न सबैलाई अनुरोध

काठमाडौं । जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लिन तयार रहेको बताएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्यसमितिको बैठकमा जापान सरकारका प्रतिनिधिले नेपाललाई छिटो कार्यविधि बनाउन आग्रह गरेको छ । बैठकमा जापान र नेपालबीच नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा […]

पोखराको कमलपोखरीमा वर्षाका कारण झन्डै १०० घरहरू डुवानमा

पोखरा । पोखराको कमलपोखरीमा वर्षाका कारण घरहरू डुवानमा परेका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका घरहरूमा बाढी पसेको हो । काहुँखोलाबाट आएको पानीले गर्दा कमलपोखरीका झण्डै एक सय घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । कमलपोखरीको क्षेत्रमा बस्ति बाक्लिदै गर्दा पानीले निकास पाउन गार्हो भएको छ । […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]