" />
काठमाडौ । भ्रष्टचारमुक्त, सक्षम र जनउतरदायी न्यापालिका पेशागत हक हितका लागि प्रतिवद्ध बार भन्ने मुल एजेन्डा सहित अधिवक्ता बिष्णु कुमार गिरीले यहि माघ ७ गते शनिबार हुने नेपाल बार एसोसियसन ललितपुर बार एकाईको निर्बाचनमा उम्मेदबारी दिएका छन् । न्यायपालिकाको शुद्धिकरण अभियानमा निरन्तर क्रियाशील कानून ब्यबसायी गिरीले सदस्य ९खुल्ला० पदमा उम्मेदबारी दिएका हुन् । क्र।म।संख्या ५ […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्नु निर्देशन दिएका आज १ः३० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्। दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् […]
काठमाडौँ । यति एयरलाइन्सको जहाजमा चालक दलका चार सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए । १०ः३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज पोखराको नयाँ र पुरानो विमानस्थलको बीचमा पर्ने सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको हो । विमान अवतरण […]
काठमाडौ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताका लागि शर्त अघि सारेको छ । आफ्नो पार्टीका मुख्य पाँच शीर्षकका एजेन्डा सरकारका न्यूनतम साझा कार्यक्रममा समावेश गरिए सरकारमा जाने निर्णय राप्रपाले गरेको हो । आज बसेको राप्रपाको कार्यसम्पादन समितिको वैठकमा सरकारमा सहभागिताबारे लामो छलफल भएको थियो । नेताहरूले पक्ष र विपक्षमा रहेर धारणा राखेका थिए । धेरै […]
काठमाडौं । समानुपातिक निर्वाचन पद्धतितर्फबाट पनि पटक पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेताहरु नै प्रतिनिधिसभामा प्रवेश गर्ने भएका छन् । ४ मंसिरको चुनावमा समानुपातिक पद्धतितर्फ पाएको मतको आधारमा निर्वाचन आयोगले सांसद संख्या किटान गरी दलहरुसँग नामावली माग गरेको थियो । आयोगले मागेअनुसार शनिबार अपरान्ह नामावली बुझाएका दलहरुले यसअघि संसदमा पटक पटक अवसर पाएका, मन्त्री भइसकेका […]
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी वाग्मतीमा बगाइएको छ । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर […]
काठमाडौं । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट भाषा र डिजाइन देवनागरीमा नभएको भन्दै विवाद भएपछि रोकिएको भए पनि अब भने नफेरिने निर्णय भएको छ । सरकारले प्लेडको जडानलाई सुरुकै अवस्था र प्रक्रियाबाट अघि बढाउन निर्देशन दिएको छ । यसअघि भाषा र डिजाइन बदल्न भन्दै सरकारले गृहकार्य अघि बढाए पनि सम्भव नहुने निष्कर्ष निकाल्दै पुनः पहिलेकै निर्णयअनुसार […]
दोहा, कतार । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारले एनआरएनए आइसिसी पुर्व अध्यक्ष एवं संरक्षक जिवा लामिछाने, एनआरएनए एनसीसी कोरियाका अध्यक्ष दिपक पुन र जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगालेलाई स्वागत गरेको छ । फुटबल विश्वकपको सन्दर्भमा कतारमा आएका ब्यक्तित्वहरुलाई कतारमा उपलब्ध आईसिसि पदाधिकारी, एनसीसी पदाधिकारी, सदस्य एवं एनआरएनए अभियन्ताहरुको उपस्थितिमा स्वागत […]
चितवन । काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा […]
काठमाडौं । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले आम मतदाताका गुनासा सम्बोधन हुने गरी काम गर्ने बताएकी छन् । निर्वाचनमा विजयी भएपछि बिहीबार बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले इमान र निष्ठाका साथ काम गर्ने बताएकी हुन् । उनले भनिन्, ‘आम जनसमुदायका र मतदाताका जुन गुनासा हामीप्रति छन्, […]