" /> Nepali News – Page 8 – News of Global
ट्रम्पविरुद्ध बग्दाद अदालतले जारी ग-यो पक्राउ पुर्जी

बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध यस्तो निर्णय लिएको हो । ३ जनवरी २०२० मा अमेरिकी ड्रोन हमलामा बग्दाद विमानस्थलबाहिर ईरानी रिभोलुसनरी गार्ड कर्पस्अन्तर्गतको क्वाद सेनाका जर्नेल कासिम सुलेमानी र मुहान्दिस मारिएका थिए । मुहान्दिसबारे छानविन गरिरहेको […]

भट्टराईसँग चिनियाँ उपमन्त्री गुओ यैचोबीच भेट

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोलगायत उनको टोलीले भेट गरेको छ । अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ । […]

बेलायतमा नयाँ भाइरस देखिएपछि रोकियो नेपाली उडान

काठमाडौं । कोरोना भाइरसले विश्व आतंकि भइरहेको बेला पुनः नयाँ खालको भाइरस देखापरेको छ। बेलायतमा देखिएको यो भाइरसका कारण त्यहाँबाट नेपालमा हुने उडानमा रोक लगाइएको छ । घातक खालको भाइरस भित्रिने आशंकामा बेलायतबाट विभिन्न मुलुकलाई टार्गेट बनाएर नेपालमा हुने उडानमा अर्को सूचना नभएसम्मका लागि रोक लगाइएको हो । कोरोना महामारीका कारण विश्व नै अक्रान्त बनिरहेका […]

कट्टरपन्थी इस्लामिक गतिविधि रोक्न कडा कानून

एजेन्सी । फ्रान्सको मन्त्रीपरिषद्ले ‘कट्टरपन्थी इस्लामिक गतिविधि’ रोक्न सक्षम हुने ठानिएको एक कानुनलाई स्वीकृति दिएको छ। हालैका दिनहरूमा फ्रान्समा मुसलमान अतिवादी आक्रमणहरू बढेपछि उसले यो कदम उठाएको हो। कानुनको मस्यौदामा इस्लामिक कट्टरवाद र द्वेश फैलाउने अभिव्यक्तिमाथि लगाम लगाउने लगायतका व्यवस्था छन्। आलोचकहरूले यो नयाँ कानुन धर्मविरोधी भएको आरोप लगाउँदै आएका छन्। आलोचना गरिएपनि फ्रान्सका प्रधानमन्त्रीले […]

अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या

एजेन्सी । पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ । महिला पत्रकार मलाला माएम्वदको बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको हो । अफगानिस्तानको जलालावादमा निजी कामको सिलसिलामा हिँडिरहेकी उनको गाडीमाथि हतियारीधारी व्यक्तिहरुको समूहले गोली प्रहार गरेको थियो । आक्रमणमा उनका चालक समेत मारिएका छन् । आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन […]

चीनका रक्षामन्त्री एक दिने भ्रमणका लागि नेपाल आउने

काठमाडौं । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने औपचारिक जानकारी दिएको छ । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् । उनी आइतबार नै […]

विश्वका प्रभावशाली महिलामध्ये म्याग्दीकी सपना मगर छनौट

बीबीसीले प्रत्येक वर्ष #BBC100Women कार्यक्रमअन्तर्गत महिलाकेन्द्रित समाचारलाई विशेष महत्त्वका साथ प्रकाशित तथा प्रसारित गर्छ। यही अवसरमा विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित पनि गर्ने गरेको छ। यसपटक नेपालबाट १०० महिलाको सूचीमा १९ वर्षीया सपना रोका मगर परेकी छन्। उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्। बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी […]

अमेरिकाको राष्ट्रपतिको चुनाव जित्ने बाइडन को हुन् ?

जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन्। डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनसमक्ष कानुनी चुनौतीहरू भने बाँकी छन्। बीबीसीले गरेको प्रक्षेपणअनुसार उनले महत्त्वपूर्ण पेन्सिल्भेनिया राज्यमा विजय हासिल गरेसँगै राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत भन्दा बढी मत प्राप्त गरेका छन्। सन् […]

राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्प र बाइडनले गरे छुट्टाछुट्टै सम्बोधन, दुवैले जित्ने दाबी

एजेन्सी । अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन्। ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई ुसंयमितु हुन आह्वान गरे। ूलोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छू, उनले भने, तर ूप्रक्रियाले काम गरिरहेको छ।ू प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने, ूअमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]