
" />
काठमाडौं । सरकारले समान आयात तथा निर्यातका लागि चीनतर्फको नाका खुला गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले माघ १५ देखि बन्द चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो । स्वास्थ्य र कृषि मन्त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सञ्चालन गर्ने समितिको निर्णय छ […]
काठमाडौं । नोवल कोराना (कोभिड १९) भाइरस संक्रमित भारतीय गायिका कनिका कपुरको तेस्रो रिर्पोट पनि ‘पोजेटीभ’ देखिएको छ । कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफ्नो दोस्रो रिपोर्टमा गलत उमेर उल्लेख भएपछि कनिकाले रिर्पोट गलत भएको आशंका गरेकी थिइन् । तर, तेस्रो पटक पनि रिपोर्ट पोजिटिभ आएपछि उनी कोरोना संक्रमित रहेको पुनःपुष्टि भएको […]
वीरगन्ज । लकडाउनका कारण अन्य सवारी साधन नपाएपछि कन्टेनरभित्र लुकेर ५२ जनालाई कवारेन्टाइनमा राखिएको छ । काठमाडौं, भरतपुर, हेटौंडाबाट मंगलबार मध्यरातमा वीरगन्ज आइपुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको हो । कन्टेनरमा बसेर आएका उनीहरुलाई प्रहरीले वीरगन्जको घन्टाघरमा नियन्त्रणमा लिएको थियो । लकडाउन छलेर मालवाहक कन्टेनरभित्र लुकेर वीरगन्ज आएका ५२ जनालाई बुधबार बिहान क्वारेन्टाइनमा राखिएको छ । […]
विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड(१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, […]
काठमाडौं । कोरोना भाइरसको महामारीपछि सरकारले लकडाउन घोषणा गरेपछि सधैंजसो ब्यस्त रहने काठमाडौं, भक्तपुर र ललितपुरका सडक मंगलबार प्रायः सुनसान छ । औषधि पसलबाहेक अन्य पसल खुलेको छैन । चोकचोकमा मास्क लगाएका सुरक्षाकर्मीहरु छन् । तर सडकमा पैदल हिँड्ने, मोटरसाइकल चलाउनेहरु पनि उत्तिकै छन् । सडकमा बसेका प्रहरीले उनीहरुलाई रोकिरहेको छ । जरूरी कामले यात्रा […]
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको महामारीले विश्वभर आतंक फैलिरहेको अवस्थामा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले सरकारले लकडाउन गर्ने निर्णय गरेको छ । सरकारले भोलि मंगलबारबाट सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै एक साताका लागि लकडाउनको घोषणा गरेको छ । एक सातासम्म सबै नेपालीलाई घरभित्र नै बस्न अनुरोध गरेको छ । कोरोना भाइरस […]
नेपालगन्ज । नेपालगन्ज सिमा नाकाबाट सोमबार उद्दार गरि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५ सय ब्यक्तीहरु फरार भएका छन् । दिउँसो एक बजे सम्मको अन्तिम समयसम्म नेपालगन्जको सिमा नाका जमुनहामा प्रबेश गराएर स्वास्थ्य जाँच गराएका ८०० जनालाई क्वारेन्टाइनमा पुर्याइएको थियो। धेरै जसो क्वारेन्टाइनबाट भागेपछि अहिले २ सय देखि ३ सयसम्म जतिको संख्यामा रहेका छन् […]
काठमाडौं । काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति अटाउने सार्वजनिक क्वारेन्टाइन स्थल बनाइने भएको छ । त्यसका लागि काठमाडौं उपत्यकाभित्रका होटल, होस्टल, विद्यालय र रंगशाला उपयोग गरिने भएको छ । कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको पहिलो बैठकले आइतबार उपत्यकामा ५ हजार जना […]
काठमाडौं । होटेल व्यवसायी महासंघका सचिव समेत रहेका प्रेसिडेन्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीले आफ्नो होटेललाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सरकारलाई दिने घोषणा गरेका छन् । भण्डारीले काठमाडौंमा रहेका प्रेसिडेन्ट होटेलका एक सय वटा कोठाहरू क्वारेन्टाइनका लागि सरकारलाई निःशुल्क उपलब्ध गराउने बताएका हुन् । प्रेसिडेन्ट ग्रुपले काठमाडौं, चितवन, रुपन्देहीमा होटेल तथा रेष्टुरेन्टहरू सञ्चालन गर्दै आएको छ […]