" /> Main News – Page 71 – News of Global
डेढ घन्टामै सरकारको निर्णय परिवर्तन भयो, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

काठमाडौं । काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय भएको डेढ घन्टामै परिवर्तन भएको छ । केन्द्रीय सरकारको निर्णय प्रदेश सरकारहरुले विरोध गरेपछि आफ्नो निर्णयमा डेढ घण्टामै परिवर्तन गर्नुपरेको बताइएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान […]

प्रधानमन्त्री केपी शर्मालाई सांसद गगन थापाको ११ प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा दिएको टेलिभिजन सम्बोधनले आफू प्रष्ट नभएको भन्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले ११ प्रश्न सोधेका छन् । उनले प्रधानमन्त्रीलाई ट्वीटरमार्फत ११ प्रश्न गरेका हुनु । संसद नचलेको र प्रधानन्त्रीले बालुवाटारबाट सम्वाद गरेकाले आफ्नो प्रश्न गर्न सामाजिक सञ्जाल ट्वीटरलाई प्रयोग गर्नु परेको थापाले बताएका छन् । उनले कोरोनाको […]

थर्मल गनमा कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिलका संचालक अग्रवाल पक्राउ

काठमाडौं । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरिएको हो। पाँच हजार बजार मूल्य पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा महाशाखाको टोलीले उनलाई नक्सालबाट पक्राउ गरेको हो । उनको गाडीबाट ६७ वटा थर्मल गनसमेत बरामद भएको […]

बैशाख ३ सम्म लकडाउन लम्बियो, देशाबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन भोलि हुने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि फैलिएपछि चैत ११ बाट नेपालमा पनि लकडाउन सुरु भएको थियो । त्यसपछि पुनः १८ गतेबाट थपिएको लकडाउनलाई सरकारले ८ दिन थप गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत […]

राहत बितरणमा अनियमितता भएको आरोपमा दुहबीमा झडप, एक दर्जन घाइते

इटहरी । लकडाउनको समयमा अफ्ठ्यारोमा परेकाहरुलाई विभिन्न ठाउँमा राहत बितरण गरिएको छ । दैनिक ज्याला मजदुरी गर्नेका लागि कोरोना भाइरसले निम्त्याएको महामारीले झनै मुस्किल बनाइरहेको छ । सोही कुरालाई मध्यनजर गर्दै सुनसरीको दुहबीमा पनि राहत बितरण गर्दा झडप हुन पुगेको छ भने एक दर्जन भन्दा बढी घाइतेसमेत हुन पुगेका छन् । राहत वितरणमा अनियमितता गरेको […]

पर्वतका हरिप्रसाद शर्मा ७ वर्षदेखि सम्पर्कविहीन

मलेसिया । पकुवा– ९ पर्बतका हरिप्रसाद शर्मा ७ वर्षदेखि मलेसियामा बेपत्ता छन् । ७ बर्स पहिला मलेसियाको 1-2-2 jalan 3/50 diamond square business center of jalan combak 5300 kuala lumpur मा सुरक्षागार्डको रुपमा काम गर्दै आएका शर्मा हालसम्म पनि सम्पर्कमा नआएको परिवारले जनाएका छन् । अहिलेसम्म सम्पर्क नभएपछि परिवारका सदस्य उनको खोजीकार्य गरिदिन विभिन्न निकायमा […]

राष्ट्रपति विद्यादेवी भण्डारीले दिइन् देशबासीको नाममा सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको बताएकी छन्। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारमा भइरहेका कामबारे नेपाल टेलिभिजन र रेडियो नेपालमा देशवासीलाई सम्बोधन गरेकी हुन्। अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन। बाहिरबाट संक्रमित भएर आएकालाई […]

कोरोनाको जानकारी लिन प्रहरीको मोबाइल एप

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जानकारी लिनका लागि नेपाल प्रहरीले मोबाइल एप सञ्चालनमा ल्याएको छ । यसअघि अपराध, हिंसा तथा दुर्घटनाबारे प्रयोगकर्ताहरुबाट जानकारी लिन प्रयोगमा ल्याएको ‘नेपाल पुलिस मोबाइल एप’ लाई नै अपडेट गरिएको हो । योसँगै एप प्रयोगकर्ताले कोरोना भाइरस सम्बन्धी सूचना प्रहरीलाई रिपोर्ट गर्न सक्नेछन् । लकडाउनको उल्लंघन भएमा, कालोबजारी भएमा, आफू […]

छैटौं कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षिया बृद्धा १९ वर्षिया किशोरीको आफन्त

काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्धा भएको पुष्टि गरे । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]