
" />
काठमाडौं । लकडाउनका कारण भारतीय क्वारेन्टाइनमै आमाको किरिया बस्न बाध्य दार्चुला शैल्यशिखर नगरपालिका–१, भलाँचका वासुदेव भट्टलाई आज नेपाल ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय, दार्चुलाको पहलमा भट्टलाई आइतबार दिउँसो नेपाल ल्याइएको हो । भट्टलाई धार्चुलास्थित भारतीय क्वारेन्टाइन स्थलबाट आइतबार दिउँसो १ः३० बजे नेपाल ल्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । भट्टलाई अहिले […]
काठमाडौं । नेपाल प्रहरीको सामाखुसीस्थित महालक्ष्मी पेट्रोल पम्पमा पानी मिसिएको पेट्रोल भेटिएको छ । पेट्रोलमा पानी मिसिएर आएको पाइए पछि छानबिन सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोल वितरण गर्ने बेला पानी मिसिएको पाइए पछि अनुसन्धान थालिएको नेपाल आयल निगम थानकोट वितरण डिपो प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले जानकारी दिए । उनकाअनुसार पम्पमा शुक्रबार […]
विराटनगर । प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा शनिबारदेखि थप कडाइ गरिएको छ । शुक्रबार उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको […]
काठमाडौं । पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सुरक्षाको उपाय अवलम्वन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रुपमा गन्तव्यमा पुर्याउन आदेश दिएको हो । सर्वोच्चले विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं र अन्य […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । यदि कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न पुर्याउने व्यवस्था गर्न भनेका हुन् । लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए ।
चितवन । चितवनको रत्ननगरमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको हो । हाल उनलाई रत्ननगरकै गुञ्जमान सिंह अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको र कोरोना संक्रमणको कुनै […]
गोरखा । बहराइनबाट फर्किएका गोरखाका एक युवकको र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए । ती युवा गत फागुन २२ गते बहराइनबाट नेपाल आएका थिए […]
काठमाडौं। आज बसेको मन्त्रीपरिषद्को निर्णयले आगामी बैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । त्यस्तै बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णयसमेत गरेको छ ।
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बिलासी जीवन र चुनावी खर्च सार्वजनिक गर्न प्रधानमन्त्रीलगायतका विभिन्न पार्टीका ठूला नेताहरूलाई चुनौति दिएका छन् । नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनकै चुनावी क्षेत्रका नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको सांसद तलब पुरै कोरोना कोष र विपन्न परिवारका लागि दिने निर्णय […]