" /> Main News – Page 62 – News of Global
दैनिक १० हजार नमुनाको पीसीआर टेस्ट गर्ने स्वास्थ्य मन्त्री ढकालको दाबी फेल खायो

काठमाडौं । असार १५ बाट दैनिक १० हजार नमुनाको पीसीआर टेस्ट गर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालको दाबी फेल खाएको छ । पीसीआर टेस्टको गति बढाउन माग गर्दै युवाहरू सडकमा निस्किएपछि मन्त्री ढकालले २६ जेठको संसद बैठकमा असार १५ बाट दैनिक १० हजार पीसीआर टेस्ट गर्ने दाबी गरेका थिए । तर मन्त्री ढकाल आफ्नो दाबीमा चुकेका […]

लकडाउनका कारण २९ कम्पनीको ९६ अर्ब कर्जा जोखिममा

काठमाडौं । कोरोना महामारीका कारण भएको बन्दाबन्दीले २९ ठूला कम्पनीको ९६ अर्ब कर्जा जोखिममा परेको छ । नेपाली क्रेडिट रेटिङ एजेन्सीहरूले गरेको अध्ययनअनुसार निर्माण क्षेत्रका सिमेन्ट र छड उद्योग, पर्यटन क्षेत्रका होटेल तथा एयरलाइन्स र अटोमोबाइल कम्पनीहरूको कर्जा तिर्ने क्षमतामा ह्रास आएको हो । त्यसैले यी कम्पनीहरूलाई ‘वाच विथ नेगेटिभ इम्लिकेसन’मा राखिएको छ । अर्थात्, […]

नागढुंगामा भीड बढ्दै, कष्टपूर्ण यात्रासँगै चेकिङको कडाई

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै काठमाडौंका अस्थायी बासिन्दा गत चैतमा गृहजिल्लातिर लागेका थिए । कोही पैदल हिँडेरै गाउँसम्म पुगे, कसैले मालवाहक सवारी साधनमा कष्टपूर्ण यात्रा गरे । सरकारले ८० दिनको लकडाउनपछि असार १ गतेबाट जिल्लाभित्र जोर–बिजोर प्रणाली लागू गर्दै लकडाउनलाई खुकुलो बनाएको छ । सीमित जनशक्ति राखेर उद्योग तथा कार्यालयहरु […]

७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय बहुमतले पारित, कांग्रेस र जसपाको विरोध

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको छ । समितिको यो निर्णयमा विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (राजपा र समाजवादी)ले फरक मत राखेका छन् । वैवाहिक अंगीकृत नागरिकताबारे सहमति जुट्न नसक्दा […]

विहेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने पक्षमा नेकपा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरूषसँग बिहे गरेर निरन्तर बसोबास गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो । नेपाली महिलासँग विवाह गर्ने […]

डा.कृष्णहरि बराल, गैरे सुरेश र शोभा पाण्डेको राष्ट्रियता ‘नेपाल प्यारो’

काठमाडौं । पछिल्लो समय राष्ट्रियताको कुरा निकै चर्चामा छ । तर राष्ट्रियता भनेको सधैं नै मनभित्र, मुटुभित्र हुनुपर्छ । म जे छु यही धर्तीको उत्पत्ति हुँ, यही धर्तीको सम्पत्ति हुँ भन्ने भावना मनमनमा र जनजनमा हुनुपर्छ भन्ने भावका साथ डा.कृष्णहरि बरालका सिर्जना बाहिर आएको छ । वरिष्ठ गजलकार, गीतकार डा.बरालको रचनामा राष्ट्रियताका भाव समेटिएको उर्जाशील […]

कालापानीबाट भारतीय सेना हट्नुपर्छ: नेता नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल भाग लिँदै नेता श्रेष्ठले भने, ‘हामीले भनेका छौं त्यो भूभाग हाम्रै हो । हामीलाई प्राप्त हुनुपर्छ । त्यो भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ, र त्यस […]

मंगलबारे अस्पतालको नाम मदनभण्डारी राख्ने विषयमा स्थानीय आन्दोलित

विराटनगर । प्रदेश १ सरकारले मोरङको उर्लाबारी– ३ मंगलबारेमा रहेको मंगलबारे अस्पतालको नाम परिवर्तन गर्न लागेपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका छन् । प्रदेश १ को बजेटमा उक्त अस्पताललाई ट्रमा सेञ्टर बनाउने र नाम मदन भण्डारी अस्पताल राख्ने विषय समावेश भएपछि स्थानीयले मुख्यमन्त्री शेरधन राईको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् । ‘मदन भण्डारीको नाममा मंगलबारे […]

गलवान उपत्यकाको घटनामा २० भारतीय सैनिकको मृत्यु, चीन जिम्मेवार नभएको दाबी

एजेन्सी । चीनको परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा केही सैनिकहरूको मृत्यु हुनेगरी भएको घटनाका लागि चीन जिम्मेवार नभएको दाबी गरेको छ।चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त घटना लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् सीमाको वास्तविक नियन्त्रणरेखामा चिनियाँ क्षेत्रपट्टि भएको दाबी गर्दै कसको गल्ती हो भन्ने स्पष्ट भएको टिप्पणी गरेका छन्। मङ्गलवार सार्वजनिक भएको घटनामा २० जना […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]