" /> Main News – Page 21 – News of Global
फागुन २१ र २२ मा एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८

काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते ११ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ हुने भएको छ । विश्वमा देखिएको कोभिडको कारणले प्रत्यक्ष सहभागिता संभव नहुनाले भर्चुयल मार्फत गरिने एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना हुने भएको हो । मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभीया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, […]

हुबहु सार्ने पत्रपत्रिकालाई काउन्सिलको कारवाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले विगत २ आर्थिक वर्षको पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । पछिल्लो वर्षको वर्गीकरणमा ४५ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी आ.व. २०७५÷०७६ र २०७६÷०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको जनाएको हो । […]

एमालेका दुई नेता गौतम र अधिकारी माओवादी प्रवेश

नेकपा एमाले चितवन–काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज तथा प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि चिरञ्जीवी अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । क्यान महासङ्घका केन्द्रीय सचिव समेत रहेका उनलाई सोमबार खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । यस्तै एमाले चौँरीदेउराली काभ्रेका नेता तथा युवा व्यावसायी रमेश […]

नेपाल टेलिभिजनको ३७ औँ वार्षिकोत्सव

काठमाडौँ : सरकारी स्वामित्वको नेपाल टेलिभिजनले आफ्नो स्थापनाको ३७ औँ वार्षिकोत्सव मनाएको छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै टेलिभिजनले सिंहदरबारस्थित स्टुडियोबाटै संक्षिप्त रुपमा वार्षिकोत्सव मनाएको हो । सार्वजनिकरुपमा मनाइँदै आएको वार्षिकोत्सव कार्यक्रम कोभिड महामारीको जोखिमका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गरेर दिवस मनाइएको टेलिभिजनले जनाएको छ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सञ्चार […]

विमलको कमब्याक गोलमा नेपाल विजयी

काठमाडौं- फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे । एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औं मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्‍यो । अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड […]

पत्रकार एलबी विश्वकर्माको मुत्युको मुख्य कारण अस्पताल

काठमाडौँ । टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष निकालिएको छ । नेपाल पत्रकार महासङ्घले घटनाको अध्ययन गर्न महासङ्घको केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको अध्ययन निश्कर्षले अस्पतालको लापरबाही नै मृत्युको पहिलो कारण रहको जानकारी गराएको छ […]

काठमाडौंमा लगाइएको सवारीमा जोरविजोर हट्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो । यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा आज […]

गेष्टहाउसमा बसेर नक्कली मह बनाएर बेच्ने दुई जना पक्राउ

काठमाडौं। चाडबाड नजिकिएसँगै उपत्यकाका घर घर डुलाएर मह बेच्ने सक्रिय छन्। यसरी बेचिने मह कस्तो हुन्छरु डुलाउनेबाट खरिद गर्नेहरूले आफू ठगिएको गुनासो सम्बद्ध निकायमा नगरे पनि कृत्रिम तरिकाले मह बनाएर राजधानीमा व्यापारको नाउँमा ठगी गर्नेहरू उपत्यकामा सक्रिय रहेको खुलेको छ। काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले सोमबार गोंगबुको एउटा होटलमा छापा मार्दा यस्तो […]

बोर्डले दियो ६ कम्पनीलाई आइपिओ खोल्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ६ कम्पनीलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति पाएका दिएका छन् । बोर्डले बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको हो । बलेफी हाइड्रोपावर अनुमति पाएसँगै बलेफी हाइड्रोपावरलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]