" /> Main News – Page 13 – News of Global
निजी क्षेत्रका हरेक एजेण्डामा महासंघको सदैव साथ रहनेछः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताउनुभएको छ । इटहरी उद्योग वाणिज्य संघको २३औँ र २४औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको एजेण्डालाई लिएर अगाडि बढ्ने र निजी क्षेत्रका हरेक एजेण्डामा जिल्ला÷नगर उद्योग व्यवसायी […]

अधिवक्ता विष्णु गिरीको पहलमा कानूनी साक्षरता अभियान संञ्चालन

काठमाडौं । अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरेका अधिवक्ता बिष्णु कुमार गिरी पछिल्लो समय कानूनी साक्षरता अभियानमा जुटेका छन् । कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यबस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर […]

दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको दशौं संस्करणको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक भएको छ । अवार्डमा सहभागी भएका गीतसंगीतको विभिन्न ४० विधाका स्रष्टा र सिर्जनाबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । वि.सं. २०७८ साल बैशाखदेखि २०७९ असार मसान्तभित्र सार्वजनिक भएका सिर्जनाहरु दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा सहभागी गराइएको हो । अवार्डमा […]

वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको प्यानल

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरू प्यानल बनाएर अघि बढ्ने भएका छन्। डा. ईश्वर जिसीको नेतृत्वमा दुवै पार्टीका रोजगार व्यवसायीहरू मिलेर प्यानलमा चुनाव लड्ने भएका हुन् । डा. जिसीको नेतृत्वमा घोषणा गरिएको प्यानलमा धनलाल जैसी प्रथम उपाध्यक्ष, बाबुराम खड्का द्वितीय उपाध्यक्ष, अनिल बोगटी तृतीय उपाध्यक्षका […]

पोखराको विमान दुर्घटनाः भारतका ५, रसियाका ४, कोरियाका २, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १–१ यात्रु

काठमाडौं । पोखरामा दुर्घटना परेको यति एयरको विमानमा १५ विदेशी यात्रु सवार रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय (क्यान) गौचरले जनाएको छ । क्यानका अनुसार विमानमा पाँच भारतीय, चार रसियन नागरिक थिए। त्यस्तै आयरल्यान्डका एक, अस्ट्रेलयाका एक, अर्जेन्टिनाका एक, कोरियाका २ र फ्रान्सका एक यात्रु सवार थिए। यति एयरको NYT 691, 9N-ANC विमान पोखरा […]

यति एयरलाइन्स दुर्घटनाबारे प्रधानमन्त्रीद्वारा आकस्मिक बैठक आव्हान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्नु निर्देशन दिएका आज १ः३० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्। दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् […]

सेती खोंचमा खसेको यतिको विमानमा चालक दलका चार सदस्यसहित ७२ यात्रु रहेको पुष्टि

काठमाडौँ । यति एयरलाइन्सको जहाजमा चालक दलका चार सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए । १०ः३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज पोखराको नयाँ र पुरानो विमानस्थलको बीचमा पर्ने सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको हो । विमान अवतरण […]

ज्योतिशीले जुराएको साइतमा बालुवाटार सरे प्रचण्ड, गंगाले बुझिन् बालुवाटारको चाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्योतिशीले जुराएको साइतमा सरकारी निवास बालुवाटार सरेका छन् । साँझ पौने ७ बजे प्रचण्ड परिवार बालुवाटार प्रवेश गरेको हो । उनलाई प्रधानमन्त्री कार्यालयका सचिव सुरेश आचार्यले बालुवाटारको सरकारी निवासको चाबी प्रचण्डकी कान्छी छोरी गंगा दाहाललाई हस्तान्तरण गरेका थिए । गंगा प्रचण्डको स्वकीय सचिव समेत हुन् । चाबी लिने बेला […]

कांग्रेस संसदीय दलको नेतामा ३९ मतान्तरले देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवाले गगनकुमार थापालाई ३९ मतको अन्तरले विजयी भएका छन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका थिए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]