" /> Health – Page 2 – News of Global
प्रदेश नं. १ मा तीन जना संक्रमितको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश १ का झापा र सुनसरीका एक, एक र प्रदेश बाहिर धनुषाका एक जना रहेका छन् । मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल र विराटनगरको कोसी अस्पताल कोभिड–१९, त्यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा […]

निषेधाज्ञामा के–के संचालन हुनेछन् ? उल्लंघन गरे के–के हुन्छ ?

काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो । उपत्यकाका प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी […]

भोलिदेखि कोरोनाविरुद्ध खोपको दोस्रो डोज दिइने, कहाँ कसरी दिइँदैछ हेर्नुहोस्

काठमाडौं । सरकारले मंगलबारबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमका अनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो […]

चलचित्र निर्माता र बितरकको संयुक्त लगानीमा खुल्यो नेशनल इएनटी सेन्टर

काठमाडौं । निर्माता, निर्देशक, छायांंकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाका साथमा नाक, कान, घांटी विशेषज्ञहरुले राजधानीको जमलस्थित विश्वज्योति मलको तेस्रो तल्लामा नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल इनटी सेन्टर) सञ्चालनमा ल्याएका छन्। नयाँ वर्षको अवसर पारेर बुधबार पूजाआजा गरी सञ्चालनमा ल्याइएको केन्द्रले ३ दिने निःशुल्क नाक कान घांटी […]

आज ८४३ जनामा कोरोना पुष्टि, ७ जनाको ज्यान गयो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४ जना (५ हजार ३३३ पीसीआर र ६७१ एन्टिजेन)को नमुना परीक्षण गर्दा ८४३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ […]

कोरोना भाइरस वृद्धि हुँदै सङ्क्रमण शैक्षिक संस्थामा उच्च

काठमाण्डौ । स्कुले बालबालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेका छन् । कोरोनाको नयाँ भेरियन्ट बालबालिकामा देखिने क्रम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले विद्यालय क्षेत्र पनि कोरोनाको उच्च जोखिममा परेको छ । काठमाण्डौ, पोखरालगायतका ठूला सहरका विद्यालयमा सङ्क्रमणको जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । यसअघि सरकारले ज्येष्ठ नागरिक […]

वायु प्रदूषणका कारणले दैनिक २०० आँखाका बिरामी अस्पतालमा

काठमाडौं। दुई हप्तादेखि काठमाण्डौ र आसपासमा वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । वायु प्रदूषणको जोखिम बढेपछि काठमाण्डौको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको सङ्ख्यामा व्यापकरुपमा वृद्धि भएको सो अस्पताल प्रशासनले जनाएको छ । विगत दुई हप्तादेखि वायु प्रदूषणका कारणले आँखा उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।अस्पतालमा हप्तामा […]

सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सक्रियता

काठमाण्डौ । सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोर–किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले एक तिहाइ नेपालीले अहिले पनि धुमपान गरेको तथ्य बताउनुभयो । साथै उहाँले १७ वर्षमुनिबाटै धुमपान सिक्ने गरेको अध्ययनले देखाएको भन्दै […]

नेपालमा उच्च कोरोना जोखिम सरकारले थाल्यो यस्तो तयारी

काठमाण्डौ । छिमेकी देश भारतमा कोरोना भाइरस पुन देखिन थालेपछि नेपालमा पनि यसको असर देखिएको छ। नेपालको सुदूरपश्चिम प्रदेशका सिमा नाकामा कडाई थालिएको छ । कोरोना सङ्रकमण दर घट्दै गएसँगै केहि महिना देखि सिमानामा केहि खुकुलो पारिएको थियो। सिमा नाकामा भित्रीने लाइ १० दिन अनिर्वारुपमा क्यारेनटाइनमा बस्न पर्ने नियम बनाइएको श्वास्थय माहाशाखाले जनाएको छ । […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]