" />
काठमाडौं- फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे । एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औं मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्यो । अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड […]
–कृष्ण दवाडी कास्की, १४ माघ (रासस) ः मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ । ‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । २०औँ संस्करणको जारी प्रतियोगिताको शनिबार हुने फाइनल खेलमा मनाङ सातौँ पटक उपाधिको […]
काठमाडौँ : सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत थ्रीस्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले एक÷एक अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र एपीएफले गोलरहित बराबरी खल्दै एक÷एक अङ्क बाँडे । यस बराबरीसँगै एपीएफले लिगको चौथो खेलमा एक अङ्क जोडेको छ […]
काठमाडौँ : नेपाल बक्सिङ्ग सङ्घको आयोजनामा काठमाडौँमा भएको ‘प्रकाश दाहाल स्मृति दोस्रो महिला तथा पुरुष राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता’ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ आठ स्वर्ण, चार रजत र तीन कास्य तथा महिलातर्फ चार स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गरेको छ । त्रिभुवन आर्मी […]
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुङिगएको हो । यस बराबरी खेलसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा एक÷एक […]
काठमाडौं । भिनिसिय जुनियरको दुई गोल मद्दतमा एल्चेलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा रियलले १० खेलाडीमा सिमित एल्चेलाई उसैको मैदान २-१ ले पराजित गरेको हो । खेलको २२औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६४औ मिनेटमा राउल गुटीले रातो कार्ड पाएपछि एल्चे […]
काठमाडौँ । अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उहाँ जापानका व्यवसायिक किक बक्सर फुजीमुरासँग रिङ्मा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ प्रतिस्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुनुहुन्छ […]
काठमाडौँ । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो चरणमा गत मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह […]
एजेन्सी । विश्व खेलकुदको कुम्भ मेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूद अन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो । […]