" />
काठमाडौं । अर्थविद तथा उद्योगी व्यबसायीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र धरासायी बनेको बताउँदै तत्काल खोपमा जोड दिन राज्य र सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । मिडिया इन्टरनेसनलले बिहीबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरुले सरकारले निषेधाज्ञा लगाएर मात्र कोरोना नियन्त्रण नहुने भन्दै उद्योग व्यवसाय संचालन गर्दै कोरोना नियन्त्रणका लागि तत्काल खोपको जोहो गर्नुपर्ने बताए । […]
चितवन । भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा रु ४० लाख हाराहारीको क्षति भएको छ । सोमबार साँझ एक्कासि आगलागी हुँदा अनुमानित रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार आगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन […]
काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपिओमा आवेदन दिन सकिने […]
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५८ करोड ९२ लाख ८९ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ५८ करोड २० लाख ७० हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा १ दशमलव २४ प्रतिशत बढेको हो । बिहीवार सार्वजनिक बैंकको तेस्रो त्रैमाससम्मको […]
काठमाडौँ । सौन्दर्यकर्मी कन्चन श्रेष्ठद्वारा रिभाम्प ब्युटी पोईण्ट संचालनमा आएको छ । नयाँ बानेश्वर चोक स्थित रिभाम्प ब्युटी पोईण्टको उद्घाटन बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजितको प्रमुख आतिथ्यतामा भएको हो । उक्त अवसरमा सौन्दर्यकर्मी उषा गुरुङ, पत्रकार डब्बु क्षत्री, सरिता भारती लगायत ब्युटिसियन तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । युवा ब्यबसायी सौन्दर्यकर्मी […]
काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं बार्षिक साधारण सभा मिति २०७८ साल बैशाख १२ गते आइतबार सम्पन्न भएको छ । विश्वव्यापि रुपमा फैलिरहेको कोभिड(१९ को दोश्रो लहरको कारणले गर्दा नेपाल सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा सम्मेलन नगर्न सूचना जारी गरेको हुनाले हामीले विद्यमान प्रचलित जुमको माध्यामबाट कम्पनीको २३औं साधारण सभा अनलाईन […]
काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक विस्तारको योजना अघि बढाइने भएको छ । यसअघि मुग्लिन–नारायणगढ सडक विस्तार गरिएकामा आगामी आर्थिक बर्षदेखि नागढुङ्गा–मुग्लिन विस्तार गर्ने तयारी अघि बढाइएको हो । निर्माण सुरु भएको ५ वर्षमा पूरा गर्ने लक्ष्य लिइएको छ । ९२ किलाेमिटर लामाे यो सडक विस्तारको कार्य विश्व बैंकको सहुलियतपूर्ण ऋणमा गर्न लागिएको हो । विस्तारको काम […]
नया वर्ष २०७८ को अवसरमा राजधानीको नयाँ वानेश्वरमा फोकस फेशन हाउस नामक मोडलीङ एजेन्सी सञ्चालनमा ल्याइएको छ। फेशन हाउसको प्रमुख अतीथी नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरीका श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर शुभरम्भ गरे। कार्यक्रममा अतिथिहरुले केक काटेर फेशन हाउसको लागि शुभ कामना व्यक्त […]
काठमाडौं– दरबारमार्गमा रहेको आवरण स्किन एण्ड हेयर क्लिनिकले नयाँ वर्ष २०७८ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७८ को पूर्व सन्ध्या पारेर दरबारमार्गस्थित क्लिनिकमै आयोजित एउटा अनौपचारिक समारोहमा मिस नेपाल वर्ल्ड-२०२१ सुप्रिया श्रेष्ठ, आवरण स्किन एण्ड हेयर क्लिनिकका सञ्चालक डा.रुपक घिमिरे, कलाकर्मी डटकमका प्रधान सम्पादक कृष्ण भट्टराई, सञ्चारकर्मी अरुणा भट्टराई तथा मनोविद प्रज्ञा […]