" /> Corporate – Page 13 – News of Global
ग्लोबल आइएमई र भण्डारा दूग्ध उत्पादक सहकारीबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवाली र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले भण्डारा […]

४०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

प्रभु क्यापिटलको अनलाईन सेवा ‘प्रभु दाइ’

काठमाडौं । प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले ‘प्रभु दाइ’ नामको अनलाइन सेवा सोमबारदेखि सञ्चालनमा ल्याएको हो । सो सेवाअन्तर्गत क्यापिटलको लगानी व्यवस्थापन सेवा (Portfolio Management Service), अनलाइन डिम्याट खातासम्बन्धी सेवा (OnlineDemat Account), क्यापिटलका प्रोडक्ट तथा सेवाहरू (Product & Services) सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने […]

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बृद्धि

काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बृद्धि भएको छ । मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार […]

नेपालकै बेस्ट सेलिङ सेडान डिजायरको नयाँ अवतार

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गसको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालकै बेस्ट सेलिङ सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ । २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको छ । ‘हामीले सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा […]

अशोक लेलैण्डको मेघा विन्टरसर्भिस क्याम्प २०२१

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि.द्वारा प्रबद्र्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमालागु हुनेगरी आज बाट सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेकअप पनि उपलब्ध हुने कम्पनीले बताएको […]

बारा र पर्साका पेट्रोलियम व्यवसायीहरुको संघर्ष समिति गठन

वीरगञ्ज । इन्धनको कारोबार अमेलखगञ्ज डिपोबाट गर्न नेपाल आयल निगमले दिएको निर्देशनमा बारा र पर्साका व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ ल्याउँदा ढुवानी खर्च बढी पर्ने तर्क गर्दै उनीहरुले यो निर्णय नसच्चिए आन्दोलनमा जाने भन्दै संघर्ष समिति पनि गठन गरेका छन् । जनवरी १६ अर्थात माघ ३ गतेदेखि डिजल, पेट्रोलको कारोबार अमलेखगञ्ज डिपोबाटै […]

आनको अध्यक्षमा धिताल र महासचिवमा घिमिरे निर्वाचित

काठमाडौं । विज्ञापन एजेन्सीहरुको छाता संस्था नेपाल विज्ञापन संघ (आन) को २१ औं साधारण सभाले सोमप्रसाद धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बनेका हुन् । धिताललाई […]

ग्लोबल आइएमर्इ र हेफर इन्टरनेशनलबीच सहुलियतपूर्ण कृषि कर्जासम्बन्धि सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गर्नुभएको छ । समझदारी पत्र अनुसार ग्लोबल आइएमई बैंकले गुल्मी […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]