
" />
बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी काठमाडौं आइपुगेको अध्यागमन स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न र कार्यक्रममा सहभागी हुन आएको विपश्यना ध्यान केन्द्रका एक कर्मचारीले बताए । आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहने उनले बताए ।
आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख पात्रहरु सबैलाई समेटिएको छ । एक मिनेटको टिजरमा चलचित्रमा भएको सस्प्नेस,थ्रिलर,इमोसनलाई देखाउन खोजिएको छ। लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन तथा लेखनमा बनेको चलचित्र साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ […]
यक आर्जन पाण्डे नेपाली गीत संगीत जगतका एक परिचीत नाम हो जसले आफ्नो सुमधुर आवाजले विगत लामो समय देखि देश विदेशमा रहनु भएका दर्शक स्रोताहरुको मन जित्न सफल भएका छ्न् । उनका कयौ गीत मध्ये “रेलि माई नगर ख्याल ठट्टा”, “डलर” , “ओइलेर झर्न दिन्न” जस्ता गीतहरु सन्चार माध्यममा लोकप्रिय बनेका छ्न् । तीन वर्ष […]
गायिका उर्मिला लाम्गादेको सुमधुर स्वरमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’को फिमेल भर्सनमा सार्वजनिक भएको छ। दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन्। भिडियोमा स्वयम् गायिका लाम्गादे र उनको परिवार फिचर्ड छन्। अमेरिकामा छायाँकन गरिएको यस भिडियोलाई विक्की पुलामीको छायाँकन र निर्देशनमा तयार पारिएको हो। भिडियोलाई […]
गायिका राधिका बिस्टको सुमधुर स्वरमा सजिएको ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। एक प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका बिस्टको शब्द, संगीत रहेको छ। गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन्। २०७१ सालमा सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जन फिचर्ड छन्। बुद्ध […]
डेढ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार चेतन राईले आफ्नो चौथो एकल एल्बम सार्वजनिक गरेका छन् । हालै गायक राईको गृह जिल्ला सल्यानमा आयोजित एक विशेष समारोहमा उनको चौथो एकल एल्बम ‘स्टेज’ विमोचन गरिएको छ । खलंगामा आयोजित समारोहमा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले गायक राईको उक्त एल्बम विमोचन गरेका हुन् । […]
नेपाली कथानक चलचित्र“ सानीमाया“ को शुभमुर्हत सम्पन्न 8848 इन्टरटेनमेन्ट प्रा.लिको प्रस्तुति तथा धिमाल फिल्मस् को निर्माणमा बन्न लागेको नेपाली कथानक चलचित्र नेपाली कथानक चलचित्र“ सानीमाया“ को शुभमुर्हत सम्पन्न 8848 इन्टरटेनमेन्ट प्रा.लिको प्रस्तुति तथा धिमाल फिल्मस् को निर्माणमा बन्न लागेको नेपाली कथानक चलचित्र सानीमाया को शुभमुर्हत नेपाल चलचित्र विकास वोडका पुर्व अध्यक्ष राजकुमार राईले गरेका छन […]
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई स्थान दिईएको छ। ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको यसै साता गीत र ट्रेलर सार्वजनिक गर्न लागिएको चलचित्रका निर्माता शेखर लामाले […]
नेपाली सांगीतिक आकाशमा नयाँ गायन प्रस्तुतिका साथ गायक पेम्बा लामाको आगामन भएको छ। कोरियामा बसेर नेपाली गीत संगीतलाई साधनका रुपमा लिने पेम्बाको पहिलो गीत हालै सार्वजनिक भएको छ। “बैमानी “ बोलको यस गीतमा दिपक विश्वकर्माको संगीत र उदय सागरको शब्द रचना रहेको छ। चर्चित अभिनेता पुष्प खड्का र मोडल कविता नेपालिको जोडदार अभिनय रहेको यस […]