
" />
नायक राहुल केसी र मोडल बिना राउतले अभिनय गरेको नयाँ गीत साईकल सरर…को काठमाडौंमा बिमोचन गरिएको छ । १० वर्षपछि अमेरिकाबाट नेपाल फर्किएका राहुलले गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वरमा रहेको नयाँ गीत साईकल सरर…को भिडियोमा मोडल बिना राउतसँग यतिबोला अभिनय गरेका छन् । दुई साता अघि उनले खड्क गर्बुजाको गीत राहुले…को भिडियोमा […]
हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भए । विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले विजेतालाई ट्रफीसहित पुरस्कार प्रदान गरे । अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित भए । जितसँगै उनले […]
चलचित्र पत्रकार संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा ५५ हजार ५५५ रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औं वार्षिकत्सवको अवसर पारेर सम्मान प्रदान गरिने भएको छ । कलाको विभिन्न विधामा कम्तीमा २५ वर्ष […]
यदि अहिलेको परिस्थिति कायमै रहने हो भने हामीसँग कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिलेजेन्स)को उपस्थिति अझै बलियो हुनेछ । भविष्यवादी फिल्म बनाएर बनाएर विश्व हल्लाएका हलिउड फिल्म निर्देशक रुसो ब्रदर्सले एआई र फिल्मको भविष्यबारे यस्तै एक गहकिलो टिप्पणी गरेका छन् । हालैको एक नयाँ अन्तर्वार्तामा रुसो ब्रदर्सले अबको दुई वर्षमै एआईले फिल्म समेत निर्माण तथा निर्देशन गर्नेमा […]
तिर्थ कुमारी थापा भन्ने बित्तिकै पाँच दशक भन्दा लामो समय सम्म मौलिक सस्कृतिलाई द्रर्शक स्रोतामाज लोक गायनबाट अतुललिय योगदान दिनु भएको गायीका भनेर चिनिन्छ । २०२८ साल देखिबाट एक हजार भन्दा बढी लोक भाकाका गीतहरु, राष्ट्रीय भावका गीतहरु, भजन र बिभिन्न भाषा भाषीका गीतहरु गाएर नेपाली गीतसंगीतको विकासक्रमलाई उचाईमा पुर्याउन उल्लेखिनीय भुमिका निर्वाह गर्नु भएको […]
आगामी असार १ गते नेपालमा समेत प्रदर्शनको तयारीमा रहेको हलिउड सुपरहिरो फिल्म ‘द फ्ल्यास’को प्रतीक्षित ट्रेलर सार्वजनिक भएको छ । विश्व फिल्मको महाकुम्भ मानिने अमेरिकाको सिनेमाकनमा गएराति सार्वजनिक गरिएको यो ट्रेलरलाई कतिपयले अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो फिल्मको संज्ञा दिएका छन् । डीसी युनिभर्सको पात्रमा आधारित वार्नर ब्रोज स्टुडियोको यो फिल्मको ट्रेलरलाई डिस्कभरीका सीईओ डेभिड जेस्लभले अहिलेसम्मै […]
‘छक्कापञ्जा ४’ ब्लकबस्टर भएपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले होम प्रोडक्सन कम्पनी आमा सरस्वती मुभिजबाट नयाँ फिल्म निर्माण गर्ने भएका छन् । शीर्षक तय भइनसकेको सोसल ड्रामा फिल्मको छायांकन भदौदेखि सुरु हुने र प्रदर्शन फागुनमा गर्ने तयारी छ । आगामी फिल्मबारे उनले भने, ‘भदौदेखि सुटिङ थालेर फागुनमा रिलिज गर्ने तयारीसहित फिल्मको प्रि–प्रोडक्सन सुरु भएको छ […]
दक्षिण भारतीय सुपरस्टार अजित कुमार केही दिनअघिसम्म नेपालमा थिए । फिल्म छायांकनका लागि यहाँ आएका उननले केही स्थानीय रेस्टुरेन्टमा सेफ बनेर खाना समेत पकाए । भारतीय अखबार द हिन्दूस्तान टाइम्सले अजित कुमारले नेपाली रेस्टुरेन्टमा खाना पकाएको समाचारलाई प्राथमिकताका साथ छापेको छ । फ्यानले ट्वीटरमा सार्वजनिक गरेको एक भिडियोमा अजितलाई रेस्टुरेन्टमा खाना पकाउँदै गरेको देख्न सकिन्छ […]
अभिनेत्री वर्षा राउत पछिल्लो समय निजी जीवनका कारण चर्चामा छिन् । गत वर्ष अभिनेता समेत रहेका श्रीमान् सञ्जोग कोइरालासँगको मनमुटावको कुरा उनी आफैंले सार्वजनिक गरेकी थिइन् । त्यतिबेला सम्बन्ध विच्छेदको सोच आएको टिप्पणी पनि वर्षाले गरेकी थिइन् । समाजको लागि भए पनि आफूहरु मिलेर बस्नुपर्छ भन्ने सुझाव आफूले पाएको उनले बताएकी थिइन् । त्यसको केही […]