" /> लसुन खेती कसरी गर्ने ? कस्तो हावापानी र मल प्रयोग गर्ने ? – News of Global

News of Global बुधबार, आषाढ २४, २०७७

धेरै मानिसहरू लसुनको गन्धको कारण र यसको कडा स्वाद मनपराउँदैनन्। तर यो कुरा गलत हो । लसुन गुणहरू को एक भण्डार हो । यसमा एन्टी– अक्साइड गुणहरू छन् जुन हाम्रो पेटको लागि सबैभन्दा आवश्यक र लाभकारी हुन्छ। यदि हामी बिहानको खाली पेट यसको उपयोग गर्छौं भने, हामी कहिल्यै पेटसँगको कुनै समस्यामा पर्दैनौ । जस्तै, बवासीर, कब्ज, ईश्वर, रक्तचाप, भूख वृद्धि गर्न यसको प्रयोग गरिन्छ । लसुनले महत्त्वपूर्ण प्राकृतिक एन्टिबायोटिक जस्तै काम गर्दछ ।
जि.आर.एस. एग्रीकल्चर फार्म इन्द्रायणी साँखुमा गरिएको लसुन खेतीका बारेमा केही कुरा गरौं । लसुन कसरी लगाउने, यसको भण्डारण कसरी गर्ने र यसका फाइदाहरु के के छन् ? लसुन खेती गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा तयार पारिएको रिपोर्टः

लसुन खेतीको लागी कस्तो हावापानी चाहिन्छ ?
लसुन एक फराकिलो हावापानी अर्थात तराई देखि उच्च पहाड सम्म खेती गर्न सकिने वाली हो । गानो बन्नका लागि लामो दिन र उच्च तापक्रम (विरुवा बढने भन्दा) चाहिन्छ ।
लसुन वालीको लागि चाहनिे तापक्रम कति हो ?
लसुनको गानो बन्नका लागि २५–३० डि.से. तापक्रम उपयुक्त हुन्छ । १०–१५ डि. से. मा बानस्पतिक बृद्धि हुन्छ , त्यस्तै तापक्रम २० डि.से.भन्दा माथि लागेपछि गानोको विकास शुरु हुन्छ ।
लसुन तराईमा कहिले रोप्नु पर्छ ?
लसुन तराईमा असोज १५ देखि कार्तिक १५ सम्म रोप्न सकिन्छ।
लसुन मध्य पहाडमा कहिले रोप्नु पर्छ ?
लसुन मध्य पहाडमा कार्तिक महिना भर रोप्न सकिन्छ ।
लसुन उच्च पहाडमा कहिले देखि रोप्नु पर्छ ?
लसुन उच्च पहाडमा साउन(भदौंमा रोप्न सकिन्छ ।
लसुन खेतीको लागि प्रकास अवधि कति चाहिन्छ ?
लसुनको गानोको सुरुवात, वृद्धि विकासका लागी प्रकाश अवधि १२ घण्टा वा सो भन्दा बढी हुन आवश्यक छ।
लसुन खेतीको लागि के रोप्नुपर्छ ?
लसुन वानस्पतिक प्रसारण गरिने मसला वाली हो । लसुनको केस्रा (ऋयिखभ) वाट नै प्रसारण गरिन्छ । अतः रोगकम लाग्ने स्वस्थ्य ठूला, आकर्षक गानाको बोटमै छनौट गरि बीउको लागी भण्डारण गर्नु पर्दछ । तर ख्याल गर्नु पर्ने कहिले पनि उच्च पहाडबाट ल्याएको लसुन तराईमा लगाउनु हुँदैन । भोटे टाइपका लसुनको पनि तराईमा गानो लाग्दैन ।
लसुन खेतीको लागि कस्तो माटो चाहिन्छ ?
लसुनका लागी पानी नजम्ने खुकुलो माटो उत्तम हुन्छ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको ६–७ पि.एच. भएको माटो राम्रो हुन्छ ।
लसुन खेतीको लागि आवश्यक पर्ने मल के कती हो ?
लसुनलाई प्राङगारिक मल प्रशस्त चाहिने भएकोले ३० टन राम्ररी पाकेको गोठे वा कम्पोष्ट मल प्रति हेक्टर जमिन तयार गर्नु अधि प्रयोग गरी खनजोत गर्नु पर्दछ । रसायनीक मलको हकमा प्रति हेक्टर १२०स् ८०स्८० के.जी.नाइट्रोजन, फसफोरस र पोटास सिफारिस गरिएको छ ।
लसुन खेतीको लागी के कती कसरी मल प्रयोग गर्नु पर्छ ?
लसुन खेतीको लागी ५.६ के.जी. युरिया, ८.७. के.जी. डी.ए.पी. र ६.७५ के.जी. म्युरेट अफ पोटास प्रति रोपनी जग्गा तयारीको अन्तिम वेला प्रयोग गरिन्छ भने ४ के.जी. युरिया २र२ के.जी.का दरले रोपेको ३० दिन र ६० दिन पछि प्रयोग गर्नुपर्दछ ।
लसुन कतीको दुरीमा रोप्नु पर्छ ?
लसुन १०–१५ से.मी को दुरीमा रोप्नु पर्छ।
लसुन रोप्न के कती बीउ (केस्रा) चाहिन्छ ?
लसुन रोप्न बीउ (केस्रा) ५००–६०० के.जी. प्रति हेक्टर (२५ देखि ३० के.जी. प्रति रोपनी) आवश्यक पर्छ।
लसुन खेतीमा सिंचाई कहिले गर्नु पर्छ ?
लसुनले पानी जमेको र सुख्खा दुबै सहन सक्दैन । साधारण चिस्यान गानो तयार नहुन्जेल चाहिन्छ ।
लसुनमा गोडमेल कहिले गर्नु पर्छ ?
लसुनको पहिलो गोडाई लगाएको २५(३० दिन पछि र दोश्रो गोडाई ५०(६० दिन पछि गर्नु पर्छ ।
लसुन कहिले खन्नु पर्छ ?
लसुनको गानो तयार भएपछि लसुनको बोट पहेंलिई भुईमा ढल्न थाले पछि खन्नु पर्छ ।
लसुनको क्यूरिङ्ग कसरी गर्ने ?
लसुन खने पछि खेतमै गानालाई बोटले छोपी सुकाई सम्पूर्ण बोट सुकेपछि छाया र हावामा राम्ररी सुकाई थन्काउनाले भण्डारणमा राम्रो हुन्छ ।

यसरी उत्पादन भएको लसुनका विशेषताहरु के के छन् त ? आउनुस् ती बारे पनि कुरा गरौं ।
लसुन(न्बचष्अि)को प्रयोग कसरी गरिन्छ ?

लसुन विशेष गरी मसला बालीकै रुपमा प्रयोग गरिन्छ । तरकारी, अचार, चटनी, मासुको स्वाद बढाउन लसुनको प्रयोग हुन्छ । विदेश तिर यसको सुख्खा धुलो बनाएर प्रयोग गर्ने प्रचलन बढी रहेको छ । नेपालमा पनि चाउचाउ उद्योगमा लसुनको तेल प्रयोग भएको पाईन्छ । स्वादिष्ट परिकार मःम को मुख्य मसलानै लसुन हो ।
लसुनमा कुन–कुन पौष्टिक तत्वहरु पाईन्छ ?
लसुन पौष्टिकताको हकमा सबै गानो बाली मध्ये लसुन बढी पौष्टिक छ । यो कार्बोहाइड्रेट, प्रोटिन, फसफोरस, एसकरबिक एसिडको राम्रो श्रोत हो ।
लसुनको औषधिय गुण के–के हुन ?
लसुन एक औषधीय वाली हो । जैविक खेती प्रणालीमा खेतीको बीचबीचमा लसुन लगाउनाले किराहरु भाग्छन भनिन्छ । लसुनका १–३ केस्रा खाली पेटमा पानी सँग खाँदा जोर्नीहरु दुख्ने रोगमा फाइदा पुग्दछ । यसले रगतमा बढेको कालेस्ट्रोल ट्राइग्लिसराइडलाई पनि समान्य गराउँदछ । ५० ग्राम जति तोरीको तेलमा ४–५ लसुनको केस्रा फुराएर डढाएर एउटा भाँडोमा राखी आवश्यकता अनुसार ढाड, कम्मर, वा अन्य दुखेको भागमा प्रयोग गर्दा विशेष लाभ हुन्छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]