" /> मंगलबारे अस्पतालको नाम मदनभण्डारी राख्ने विषयमा स्थानीय आन्दोलित – News of Global

News of Global बुधबार, आषाढ ०३, २०७७

विराटनगर । प्रदेश १ सरकारले मोरङको उर्लाबारी– ३ मंगलबारेमा रहेको मंगलबारे अस्पतालको नाम परिवर्तन गर्न लागेपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

प्रदेश १ को बजेटमा उक्त अस्पताललाई ट्रमा सेञ्टर बनाउने र नाम मदन भण्डारी अस्पताल राख्ने विषय समावेश भएपछि स्थानीयले मुख्यमन्त्री शेरधन राईको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

‘मदन भण्डारीको नाममा मंगलबारे अस्पतालको पहिचान मेट्न खोजियो’ आन्दोलनको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका नगर सभापति वीरबल थापाले भने, ‘मंगलबारेको आफ्नै विशेषता छ । नेताको नाम जोडेर मंगलबारेको पहिचान मेट्न पाइन्न भन्ने हाम्रो माग हो ।’

१ असारमा प्रस्तुत बजेटमा मंगलबारे अस्पताललाई प्रदेश गौरवको आयोजनामा राख्दै अत्याधुनिक प्रविधि र उपकरणसहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।

‘जताततै नेताको नाम नजोडियोस’ थापा भन्छन् ‘मंगलबार नै नाम राख्दा के विग्रन्छ र ?’

नेपाली कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार कार्की मदन भण्डारीको नाम जताततै जोडेर प्रदेश सरकारले बदनाम गर्न खोजेको गुनासो गर्छन् । ट्रमा सेन्टर बनाउने निर्णय स्वागत योग्य भए पनि नाम परिवर्तनमा आफ्नो पार्टीको असहमति रहेको उनले बताए । सरकारले आफ्नो निर्णय नसच्याए सडक र सदनमा संघर्ष गर्ने उनले बताए ।

नेपाली कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूले अस्पताल स्तरोन्नती गर्दा नेताको नाम नजोड्न आग्रह गरे । नेकपा मोरङले भने आन्दोलनको कुनै औचित्य नरहेको बताएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]