" />
यदि अहिलेको परिस्थिति कायमै रहने हो भने हामीसँग कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिलेजेन्स)को उपस्थिति अझै बलियो हुनेछ । भविष्यवादी फिल्म बनाएर बनाएर विश्व हल्लाएका हलिउड फिल्म निर्देशक रुसो ब्रदर्सले एआई र फिल्मको भविष्यबारे यस्तै एक गहकिलो टिप्पणी गरेका छन् ।
हालैको एक नयाँ अन्तर्वार्तामा रुसो ब्रदर्सले अबको दुई वर्षमै एआईले फिल्म समेत निर्माण तथा निर्देशन गर्नेमा आफू विश्वस्त रहेको बताए । हालै एआईले गीत कम्पोज गर्नेदेखि उपन्यास लेखेको समेत पृष्ठभूमिमा हलिउड निर्देशकको यस्तो प्रक्षेपण सार्वजनिक भएको हो । उनले भने, ‘म यो कुरामा यति विश्वस्त छु कि यो दुई वर्ष मात्र टाढा छ ।’रुसोले खुला रूपमा आफू केही एआई कम्पनीको बोर्डमा समेत संलग्न रहेको स्वीकार गरे । यो कम्पनीसँग एआई फिल्महरु कस्ता देखिन्छन् भन्नेबारे प्रशस्त विचार रहेको समेत उनले बताए ।
‘एउटा अवधारणा भनेको ‘निरन्तर विकसित भइरहेको कथा, या त खेलमा वा फिल्ममा वा टिभी कार्यक्रममा वा यो तपाईंको आफ्नै आत्म–सम्मिलित प्लेटफर्म हुन सक्ने उनको भनाइ छ । ‘म मेरो फोटोरियल अवतार र मर्लिन मोनरोको फोटोरियल अवतार अभिनित फिल्म बनाउन चाहन्छु । म यो रोम–कम होस् भन्ने चाहन्छु किनभने मैले नराम्रो दिन बिताएको छु, र यसले तपाईंको आवाजको नक्कल गर्ने संवादको साथ एक धेरै सक्षम कथा प्रस्तुत गर्छ,’ रुसोले भने ।