" />
तिर्थ कुमारी थापा भन्ने बित्तिकै पाँच दशक भन्दा लामो समय सम्म मौलिक सस्कृतिलाई द्रर्शक स्रोतामाज लोक गायनबाट अतुललिय योगदान दिनु भएको गायीका भनेर चिनिन्छ । २०२८ साल देखिबाट एक हजार भन्दा बढी लोक भाकाका गीतहरु, राष्ट्रीय भावका गीतहरु, भजन र बिभिन्न भाषा भाषीका गीतहरु गाएर नेपाली गीतसंगीतको विकासक्रमलाई उचाईमा पुर्याउन उल्लेखिनीय भुमिका निर्वाह गर्नु भएको छ । अहिले हुन गएको म्यूजिक खबर, म्यूजिक अवार्ड २०७९ को अवसरमा याहाँलाई चिरायू म्यूजिक खबर दीर्घ साधना सम्मान २०७९ अपर्ण गर्दछौँ । याहाँको आगामी दिन सुस्वास्थ्य, दीर्धायू एवं सिर्जनशली बनोस् शुभकामना