" /> तनहुँमा ३५ प्रतिशत मत खस्यो – News of Global

News of Global आइतबार, बैशाख १०, २०८०

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ४३ हजार एक सय ५६ मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ । निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ । उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन् ।
भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन् । त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ । देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन् । देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]