" /> नेपाली फिल्म ‘साइलेन्ट इको’ले जित्यो बलिउडमा अवार्ड – News of Global

News of Global शुक्रबार, बैशाख ०८, २०८०

‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ फेम्ड निर्माता रामकृष्ण पोखरेलको नयाँ छोटो फिल्म ‘द साइलेन्ट इको’ले प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा दुई महत्वपूर्ण विधा जितेको छ । यसैसाता मुम्बईमा आयोजित समारोहमा फिल्मले बेस्ट सर्ट फिल्म र बेस्ट सिनेम्याटोग्राफीको अवार्ड जितेको हो ।
बलिउड अभिनेता राजकुमार रावले निर्माता पोखरेल र छायाकार जोहेर मुसाभीरलाई अवार्ड प्रदान गरे । फिल्म क्रिटिक्स गिल्ड अफ इण्डियाले बर्सेनि प्रदान गर्ने यो अवार्डलाई भारतमा प्रतिष्ठित मानिन्छ । यो फिल्म नेपाल, भारत, बंगलादेश र फ्रान्सका निर्माताको संयुक्त प्रोजेक्ट पनि हो । सुमन सेन निर्देशित यो फिल्मले दुर्गम गाउँबाट चार किशोरकिशोरी चट्टानमा छोडिएको एउटा थोत्रो बसमा संगीत बजाउँदै दिन बताउने कथा पेश गर्छ । जब छिमेकी गाउँमा ब्याण्ड प्रतिस्पर्धा आयोजना गरिन्छ, तब यसमा भाग लिन उनीहरुले पैसा र साहस जुटाउँछन् । मुस्ताङमा छायांकन गरिएको यो फिल्मको लम्बाइ १५ मिनेटको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]