" />
फिल्मले बक्स अफिस सफलता हासिल गरेपछि ‘जारी’का निर्देशक र कलाकारले पत्रकार सम्मेलन गर्दै दर्शकलाई धन्यवाद दिएका छन् । निर्देशक उपेन्द्र सुब्बा, कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेकोबारे चर्चा गरे ।
निर्देशक सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र जीवन जिउने महिलाहरू लिम्बू समुदायमा रहेको बताए । ‘नेपाली समाजमा खुला समाज भनेको लिम्बूहरूको हो । बढी स्वतन्त्रता लिम्बूहरूले नै उपभोग गरिरहेका छन् भन्ने गरिन्छ,’ उनले भने, ‘यहाँ भित्र महिलाहरूको हक बढी हुन्छ भन्ने कथन छ । मलाई यत्तिले मात्रै पुग्दैन भनेर लागेको हो ।’