" />
सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाबारेको डकुमेन्ट्री फिल्म ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’लाई नेपालमा भव्य प्रिमियर गरिएको छ । बुधबार बेलुका क्यूएफएक्सको सिभिल मलस्थित सेन्ट्रल सिनेमा हलमा आयोजित प्रिमियरमा सभामुखसहित विदेशी फिल्ममेकर, आरोही समुदाय, सेलिब्रिटी, कूटनीतिज्ञको उपस्थिति रह्यो ।
राष्ट्रिय विभूति एवं नेपाल तारा पासाङ ल्हामुले हिमाल चढेको ३० वर्ष पुगेको अवसरमा फिल्मलाई देशव्यापी प्रदर्शन गर्न लागिएको हो । यो फिल्म वैशाख १० गते क्यूएफएक्स मल्टिप्लेक्सका हलहरुमा प्रदर्शन हुने पासाङल्हामु फाउण्डेसनले जनाएको छ ।