" />
काठमाडौं महानगरपाललिकाका मेयर बालेन्द्र शाह (बालेन) को आदेशमा सिंहदरबारको फोहोर उठ्न छाडेपछि सिंहदरबारको फोहोर सिंहदरबारले नै उठाउन थालेको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, मन्त्री निवास, अतिविशिष्ट र विशिष्ट पदाधिकारीको निवासमा रहेको फोहोर शहरी विकास मन्त्रालयले उठाउन थालेको हो।
मन्त्रालयले उक्त क्षेत्रको फोहोर उठाउन परिवर्तन सेवा प्रालिसँग सम्झौता गरी उठाउन थालेको विज्ञप्तिमार्फत् जनाएको छ। मन्त्रालयले बैशाख ३ गतेको मन्त्रीस्तरीय निर्णयले फोहोर उठाउनका लागि सो कम्पनीसँग सम्झौता गरेको जनाएको हो।
काठमाडौं महानगरले संवैधानिक एवं कानूनी प्रावधान विपरित फोहोरमैला व्यवस्थाप गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध श्रृजना गरेको शहरी विकास मन्त्रालयले जनाएको छ।
यस्तो छ शहरी विकास मन्त्रालयले जारि गरेको प्रेस विज्ञप्तिस्
नेपालको संविधानको अनुसूची ८ मा उल्लेख भए बमोजिम आधारभूत सरसफाइ तथा फोहोर मैला व्यवस्थापन ऐन, २०६८ ले फोहोर मैलाको प्रबन्ध र व्यवस्थापन गर्ने दायित्व स्थानिय तहको हुनेछ भन्ने स्पष्ट रूपमा उल्लेख भएको व्यहोरा सर्वविदितै छ। सोही अनुरूप काठमाडौं महानगरपालिका (स्थानीय तह) ले संवैधानिक एवं कानूनी प्रावधान विपरित फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध श्रृजना गरेको अवस्थामा पनि सिहंदरबार केन्द्रिय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरूको निवास रहेको स्थानबाट फोहोरमैला उठाई व्यवस्थापन गर्ने कामको लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रा. लि. नामक संस्थासँग सम्झौता गरी व्यवस्थापन गरे अनुरूप उक्त संस्था मार्फत नै फोहोर मैला निर्वाध रूपमा उठाउन लगाउने तर्फ उचित वातावरण बनाइ सहजीकरण गरिदिने गरी मिति २०८०र०१र०३ मा माननीय शहरी विकास मन्त्रीस्तरीय निर्णय भएको हुँदा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।