" /> स्कटिस खेलाडीले किन मिलाएनन् सन्दीप लामिछानेसँग हात – News of Global

News of Global शुक्रबार, फाल्गुण ०५, २०७९

काठमाडौं । स्कटल्याण्डका खेलाडीले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् ।

नेपाल र स्कटल्याण्डबीच शुक्रबार त्रिवि क्रिकेट मैदानमा खेल भएको थियो, जुन खेल घरेलु टोलीले ३ विकेटले जित्यो ।
खेलपछि दुवै टिमका खेलाडीहरूले हात मिलाएर मैत्री खेलभावना आदानप्रदान गर्ने प्रचलन छ । त्यसअनुसार नेपाल र स्कटल्याण्डका खेलाडीहरूले हात मिलाए । नेपालका सन्दीप लामिछाने पुछारमा बसे ।

नेपालका अरू खेलाडीहरूसँग हात मिलाएका स्कटल्याण्डका खेलाडीले सन्दीप लामिछानेतर्फ हेर्दै हेरेनन् । सिधै प्रशिक्षक मोन्टी देशाइसँग हात मिलाए । पूर्व सूचना भएका कारण सन्दीपले पनि हात अघि बढाएनन् ।
सन्दीपमाथि नाबालिग बलात्कारको आरोप छ । अदालतबाट धरौटीमा छुटेका अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानको आलोचना भएको थियो ।

क्यानले सन्दीपलाई समेत राखेर राष्ट्रिय टोलीको घोषणा गरेपछि क्रिकेट स्कटल्याण्डले लामिछानेको कानुनी स्थितिबारे जानकार रहेको भन्दै आफू सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध रहेको बताएको थियो ।

‘सञ्चालक निकायको रूपमा र एक टोलीको रूपमा, क्रिकेट स्कटल्याण्ड सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध दृढ रूपमा खडा छ, जसको आधुनिक समाजमा कुनै स्थान छैन,’ क्रिकेट स्कटल्याण्डले भनेको थियो, ‘यी खेलहरूमा खेलाडी समावेश गर्ने बारेमा नेपाल क्रिकेट संघ र आईसीसीले विचार गर्नुपर्ने विषय हो ।’

क्यानका अधिकारीहरूका अनुसार क्रिकेट स्कटल्याण्डले आफ्ना खेलाडीहरुले सन्दीपसँग हात नमिलाउने प्रष्ट सन्देश दिएका थिए ।

सन्दीपले स्कटल्याण्डविरुद्धको खेलमा १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए ।

नेपालले मंगलबार नामिबिययासँग खेलेको थियो । त्यस खेलमा भने नामिबियाका खेलाडीले सन्दीपसँग हात मिलाएका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]