" /> रविन लामिछानेको लय शब्दमा सचिन भट्टराईको ‘बनैमा स्याउला’ – News of Global

News of Global मंगलबार, मंसिर १३, २०७९

काठमाडौं । गायक सचिन भट्टराईको नयाँ गीत बनैमा स्याउला सार्वजनिक भएको छ । गायक भट्टराईलाई गायनमा चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । ‘बनैमा स्याउला’मा गायक रविन लामिछानेको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको छ । गीतलाई गायक भट्टराईको आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा सुनिल परियारको संगित संयोजन रहेको छ ।

मौलिक लय र शब्द सिर्जनाले सजिएको प्रेमील जोडीहरुलाई लक्षित यो गीतमा मायाप्रेमकै चित्रण गरिएको छ । उदियमान गायक भट्टराई पछिल्लो समय लाईभ दोहोरीमा व्यस्त देखिन्छन् । भट्टराईले आधा दर्जन गीतमा आवाज भरिसकेका छन् । नक्कली कान्छी, चोली ढाकाले, छड्के छाता लगायत गीतहरु चर्चाको शिखरमा छन् । भट्टराईले गाएका लाईभ दोहोरी पनि निकै रुचाईएका छन् ।

भिडियोमा गायक स्वयम् आफैं सचिन भट्टराई, नारायणी खत्री र खड्का बहादुर पुन मगर (खबपु)ले अभिनय गरेका छन् । प्रकाश भट्टको निर्देशन एवम् कोरियोगाफ्री रहेको भिडियोलाई प्रकाश खड्काले खिचेका छन् । भिडियोलाई उत्तम कुमार कार्कीले सम्पादन गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]