" />
पोखरा । पोखराको कमलपोखरीमा वर्षाका कारण घरहरू डुवानमा परेका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका घरहरूमा बाढी पसेको हो । काहुँखोलाबाट आएको पानीले गर्दा कमलपोखरीका झण्डै एक सय घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
कमलपोखरीको क्षेत्रमा बस्ति बाक्लिदै गर्दा पानीले निकास पाउन गार्हो भएको छ । बस्तीभन्दा खोला उचाइमा रहेकाले उक्त बस्ती वर्षेनी डुबानमा पर्दै आएको छ ।