" /> काठमाडौंको फोहोर एक सातासम्म नउठ्ने, घरभित्रै व्यवस्थापन गर्न आग्रह – News of Global
काठमाडौंको फोहोर एक सातासम्म नउठ्ने, घरभित्रै व्यवस्थापन गर्न आग्रह

काठमाडौं महानगरपालिकाले एक सातासम्मका लागि फोहोरलाई घरभित्रै व्यवस्थापन गर्न आग्रह

News of Global बिहिबार, साउन ०५, २०७९

काठमाडौं महानगरपालिकाले एक सातासम्मका लागि फोहोरलाई घरभित्रै व्यवस्थापन गर्न आग्रह गरेको हाे । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट पुग्ने सडक मर्मतका कारण फोहोरका गाडीहरू ल्याण्डफिल्ड साइट पठाउन नसकिएको भन्दै महानगरले एक सातासम्मका लागि फोहोर उठाउन नसक्ने जनाएकाे छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै कम्तिमा एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई सडक चोक र सार्वजनिक स्थानमा नफाल्न र फोहोर छुट्याएर राख्न समेत आग्रह गरेको छ । करिब ३ महिनादेखि बिग्रिएको सडक फोहोर उठाउने क्रम पुनः अवरुद्ध हुँदा सडक र चोकहरूमा फेरी फोहोर थुप्रिने सम्भावना बढेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]