" /> सानिमाका सबै खाताहरुमा मासिक ब्याज साथै बम्पर धमाका योजना – News of Global

News of Global मंगलबार, साउन ०३, २०७९

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ । बैंकले नेपाली तथा विदेशी मुद्राः अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनै पिच्छे ब्याज दिन लागेको हो । यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको छ । साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ ।
योजना सानिमा रेमिट्यान्स धमाका मुद्दती खाता सानिमा धमाका मुद्दती खाता सानिमा कर्पोरेट धमाका मुद्दती खाता
दुई गुणा ५.७९ वर्ष (६९ महिना र १४ दिन) ६.३२वर्ष (७५ महिना र २४ दिन) ६.९४वर्ष (८३ महिना र ७दिन)
तिन गुणा ९.१८ वर्ष (११० महिना र ३ दिन) १०.०१ वर्ष (१२० महिना र १ दिन) ११वर्ष (१३१ महिना र २८ दिन)
चार गुणा ११.५८ वर्ष (१३८ महिना र २९ दिन) १२.६३ वर्ष (१५१ महिना र १४ दिन) १३.८८वर्ष (१६६ महिना र १५ दिन)
पाँच गुणा १३.४५ वर्ष (१६१ महिना र २ दिन) १४.६६ वर्ष (१७५ महिना र २५ दिन) १६.१२वर्ष (१९३ महिना र १० दिन)
न्यूनतममौज्दात रु. ५००,००० रु.५००,००० रु. १,०००,०००

मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिनेछ । व्यक्तिगत ग्राहकलाई आवश्यक परेमानिक्षेपको ९० प्रतिशतसम्म ऋण तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै मासिक बचत गरी अधिकतम ब्याजआर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ बर्षको सानिमा रिकरिङ्ग खाता समेत सुरु गरेको छ । यसमा भविष्यमा ब्याज घट्ने चिन्ता समेत हुँदैन ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२७कार्यालय र १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]