" /> बीमा कम्पनीका सेल्स म्यानेजरमाथि तीन वर्षसम्म बलात्कार गरेको आरोप – News of Global

News of Global बुधबार, आषाढ २९, २०७९

काठमाडौं । दिनहुँ बलात्कारका घटनाहरु एकपछि अर्को घटिरहेको बेला एक बीमा कम्पनीका सेल्स म्यानेजरले आफ्नै कार्यालयमा कार्यरत महिलामाथि तीनवर्षदेखि बलात्कार गरेको आरोप लागेको छ । एक बीमा कम्पनीमा कार्यरत महिला बलात्कारको सिकार भएकी छिन् ।

भारत, मध्य प्रदेश, इन्दौरको एक बीमा कम्पनीकी रिलेशनशिप म्यानेजरले आफ्नै कम्पनीमा कार्यरत सेल्स म्यानेजरमाथि बलात्कारको आरोप लगाएकी हुन् ।

आरोपितले विवाहको नाममा तीन वर्षसम्म सम्बन्ध राखेको पनि स्वीकार गरेकी छिन् ।

पटक–पटक भन्दा पनि केटा बिहे गर्न तयार नभएपछि पीडितले प्रहरी चौकीमा बलात्कारीको उजुरी दिइन् । प्रहरीले मंगलबार मुद्दा दर्ता गरेको छ । आरोपीलाई अझै पक्रन सकिएको छैन ।

एसआई रुपाली भदौरियाका अनुसार एलआइजी क्षेत्रमा बस्दै आएकी २७ वर्षीया पीडित युवतीले जबरजस्ती करणीको उजुरी दिएकी छन् ।

मिलन हाइट्स बस्ने ३२ वर्षीय रजत अग्रवालले विवाहको नाममा तीन वर्षसम्म बलात्कार गरेको पीडितले जानकारी गराइन् । रजत बीमा कम्पनीमा सेल्स म्यानेजरका रूपमा काम गर्छन् । उनीहरु दुवैको एउटै कार्यालयमा काम गर्दा चिनजान भएको थियो ।

पीडित युवतीले आफू एलआईजी क्षेत्रको बहुलमा बस्ने गरेको प्रहरीलाई बताएकी छिन् ।

उनी हरदाबाट कामका लागि इन्दौर आएकी थिइन् । युवती तीन वर्षदेखि एक बीमा कम्पनीमा रिलेसनसिप म्यानेजरका रूपमा कार्यरत छन् । एउटै कम्पनीमा काम गर्दागर्दै उनीहरु दुवै साथी बनेँ । त्यससँगै दुवैले व्हाट्सएप र अन्य सामाजिक सञ्जालमा कुराकानी पनि गर्न थालेका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]