" /> रुपन्देहीमा थपिए एक लाख मतदाता – News of Global

News of Global आइतबार, चैत्र २७, २०७८

बुटवल । रुपन्देहीमा पछिल्लो पाँच वर्षमा एक लाख नौ हजार भन्दा धेरै मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकोमा अहिले एक लाख नौ हजार ७५८ जना मतदाता बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार जिल्लामा तीन लाख २३ हजार ७७८ जना पुरुष र तीन लाख आठ हजार ५७४ जना महिला रहेका छन् ।

जिल्लाका १६ स्थानीय तहमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ जना मतदाता रहेका छन् । जसअनुसार बुटवल उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा भन्दा १३ हजार ३४५ मतदाता बढेका छन् । यस्तै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ मतदाता रहेका छन् । २०७४ सालमा तिलोत्तमामा ७१ हजार ७४ मतदाता थिए ।

यस्तै सैनामैना नगरपालिकामा ५१ हजार २२,सिद्धार्थनगर नगरपालिकामा ४४ हजार ६५२, देवदह नगरपालिकामा ४८ हजार २९१ र लुम्बिनी साँस्कृतिक नगरपालिकामा ४३ हजार ८९० जना मतदाता रहेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]