" /> फागुन २१ र २२ मा एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ – News of Global

News of Global मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते ११ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ हुने भएको छ । विश्वमा देखिएको कोभिडको कारणले प्रत्यक्ष सहभागिता संभव नहुनाले भर्चुयल मार्फत गरिने एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना हुने भएको हो । मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभीया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, इक्युडोर, इजीप्ट, लिथ्युनिया, पेरु, फिलीपिन्स, पोल्यान्ड, पार्चुगल, इजरायल, रोमानिया, सरबिया, सिगापुर, स्लोभाकिया, साउथ अफिक्रा, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबे र नेपाल सहित विश्वका ३० भन्दा बढी राष्ट्रबाट विभिन्न सांस्कृतिक समुहहरुले भाग लिने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले बताए ।

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशक अघि स्थापना भएको संस्था हो । स्थापनाकाल देखिनै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरीमा बढाउने कार्य गर्दै आईरहेको छ । केही दशक यता नेपालले आप्mनो लोक संस्कृतिलाई विश्व समुदायसामु उजागर गर्न थालेको भएतापनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रुपमा रहनसक्ने सम्भावना भएको नेपालको अनौठो सांस्कृितक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको छ । यस्तो स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको एभरेष्ट नेपाल कल्चरल ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ आफ्नै भाषा र संस्कृतिहरु रहदै आएको सर्वविदीतै छ । नेपाली संस्कृती प्रति स्वदेशी भन्दा विदेशी बढि आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिएला तर आफनो पहिचान र मैिलकता बोकेका संस्कृति प्रति स्वयं नेपाली उदाशिन हुनु दुःख लाग्दो पक्ष हो । त्यसमा पनि वर्तमान युवा पिढी आफ्नो मैिलकतालाई विर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा आफ्नो संस्कृति प्रवद्र्धनका निम्ती कार्य गर्नु यस संस्थाको प्रमुख उद्देश्य हो । यसको लागी यस संस्थाले “पर्यटक कलाकारको स्वागत संत्कार, नेपाली लोक सस्कृतिको आधार” भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला (1st International Folk Festival 2002) साथै अन्तर्राष्ट्रिय बालबालिका लोक सांस्कृतिक मेलाका २०७५ आयोजना गरेको थियो । त्यसपछि हरेक दुई दुई बर्षमा आयोजना निरन्तरता दिदै यस संस्थाले २०७६ मा पर्यटन वर्ष २०२० सफल पार्न दशौैंं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गरिसकेको छ ।

प्रथम अन्तर्राष्टिय लोक सांँस्कृतिक मेला देखि दशौं अन्तर्राष्ट्रिय लोक सांँस्कृतिक मेला सम्म आइपुग्दा करिब ५५ भन्दा बढि देशका ५५०० भन्दा बढि कलाकारहरुले आ–आफनो देशको मौलिकता झल्कने झांकी सहित बिविध लोक सांँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन । आजका दिनसम्म आईपुग्दा यस संस्थाले विश्वको १०० भन्दा बढी अन्तर्राष्ट्रिय लोक सांस्कृतिक कार्यक्रम मार्फत नेपाली लोक संस्कृतीको पहिचान र प्रवद्र्धन गराउदै आएको छ ।

नेपाली संस्कृित उत्थान तथा सांस्कृितक प्रर्यटन प्रवद्र्धनको आफनो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको जानकारी गराउन चाहन्छौं । राषर््िट्रय गरिमा बोकेका यस्ता कार्यक्रममा नेपाली संस्कृति को जगेर्ना गर्न गठित निकायहरुको नैतिक दायित्व हुनुपर्ने हाम्रो बुझाई रहेको छ । तर त्यस्ता कुनै निकायहरुको चाख लाग्दो सहयोग र सहभागीता नभएकाले यस संस्थाले स्थानिय आयोजकहरु र बिभिन्न प्रायोजकहरुको सहयोगबाटै हालसम्म दश वटा मेलाको सफलतापूर्वक आयोजना गर्दै आज हामी एघारौं अन्तर्राष्ट्रिय लोक ंसाँस्कृतिक मेला २०७८ भर्चुवल मार्फत सफलता का साथ सम्पन्न गराउन गईरहेका छौं अध्यक्ष कोइरालाले बताए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]