" />
काठमाडौँ : सरकारी स्वामित्वको नेपाल टेलिभिजनले आफ्नो स्थापनाको ३७ औँ वार्षिकोत्सव मनाएको छ ।
कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै टेलिभिजनले सिंहदरबारस्थित स्टुडियोबाटै संक्षिप्त रुपमा वार्षिकोत्सव मनाएको हो । सार्वजनिकरुपमा मनाइँदै आएको वार्षिकोत्सव कार्यक्रम कोभिड महामारीको जोखिमका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गरेर दिवस मनाइएको टेलिभिजनले जनाएको छ ।
कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शुभकामना सन्देश पढेर सुनाइएको थियो । पहिलो टेलिभिजन च्यानका रुपमा २०४१ सालदेखि प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजनले अहिले काठमाडौँ उपत्यकाभित्र तीनवटा र काठमाडौँ उपत्यकाबाहिर दुईवटा च्यानल सञ्चालन गरिरहेको छ ।