" />
बाल के.को शब्द, हरिको संगीत, निशान र अस्मिताको स्वरमा ‘किन होला बैमानी’
काठमाडौं । गीतकार बाल के न्यौपानेको शब्द, हरि लम्सालको संगीत र अस्मिता अधिकारी र निशान भट्टराईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘किन होला बैमानी’ बोलको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ भने चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् ।
गीतको भिडियोमा नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा नायक पुष्प खड्का, मोडल गरिमा शर्मा मोडल सुरज श्रेष्ठ मोडल कबिता श्रेष्ठलाई देख्न सकिन्छ ।
गीतको भिडियोलाई निर्देशन तथा नृत्य निर्देशन शिव बिकले गरेका हुन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । दुर्गा धिमालको प्रस्तुतिमा तयार भएको भिडियोलाई Bk creations (बिके क्रियशन) युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।