" />
नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण
काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार २ जनामा ओमिक्रोकको संक्रमण देखिएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार मंसिर ३ गते त्रिभुवन विमानस्थलमा आएका दुई जनामा उक्त नयाँ भेरियन्ट देखिएको हो ।
त्रिभुवन विमानस्थलमा आएका ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय वृद्धमा ओमिक्रोन देखिएको हो ।
उनीहरु दुवै अहिले आइसोलेसनमा छन् भने उनीहरुको सम्पर्कमा आएका ६६ जनाको परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।