" />
काठमाडौँ : नेपाल बक्सिङ्ग सङ्घको आयोजनामा काठमाडौँमा भएको ‘प्रकाश दाहाल स्मृति दोस्रो महिला तथा पुरुष राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता’ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ आठ स्वर्ण, चार रजत र तीन कास्य तथा महिलातर्फ चार स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गरेको छ । त्रिभुवन आर्मी क्लब पुरुष र महिला दुवैतर्फ टीम च्याम्पियन बन्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।