" />
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बिलासी जीवन र चुनावी खर्च सार्वजनिक गर्न प्रधानमन्त्रीलगायतका विभिन्न पार्टीका ठूला नेताहरूलाई चुनौति दिएका छन् ।
नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनकै चुनावी क्षेत्रका नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको सांसद तलब पुरै कोरोना कोष र विपन्न परिवारका लागि दिने निर्णय र
कोरोना भाइरसको महामारी नरोकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणाप्रति लक्षित गर्दै भट्टराईले ठूला नेताहरूले विलासी रहनसहन र चुनावी खर्च कसरी चल्छ भन्ने कुरा बताउँदा राम्रो हुने बताएका हुन्।
एकातिर इसाई सम्वत लागू गर्ने र विक्रमसम्म खारेज गर्नुपर्ने ट्वीटका कारण यतिखेर विवादमा रहेका नेता डा.भट्टराईको यो ट्वीटले पनि राजनीतिमा चर्चा चलेको छ ।
सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘प्रधानमन्त्रीलगायत कतिपय बडे नेताहरूले आफ्नो दृश्य तलबरभत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो। त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरू ९कमसेकम संसदरसरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने१० को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ, त्यो पनि बताउँदा राम्रो होला कि ?’