" /> ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँट शुक्रबार हुने – News of Global

News of Global बिहिबार, कार्तिक ११, २०७८

काठमााडौं – ग्रीनलाइफ हाइड्रोपावरकोे आइपीओ शुक्रबार बाँडफाँट हुने निश्चीत भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलले शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा बाँडफाँट हुने जानकारी गराएको छ । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

१३ लाख २६ हजार ७७ जनाले २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ७.३० गुणा बढी हो । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३२ लाख ५१ हजार ६५२ कित्तालाई आधार मान्दा ३ लाख २५ हजार १६५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ९०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]