" />
काठमाडौं । क्रिश्चियन धर्मको प्रचार प्रसार गर्ने क्रममा विराट ठाडालाई ज्यान मार्ने धम्की दिइएको बताइएको छ । क्रिश्चियन धर्मको चर्च बनाउने र गाउँका मानिसहरुलाई धर्मका बारेमा प्रचार प्रसार गर्दै हिंड्ने क्रममा उनलाई दिन हिन्दू धर्मका समुदायले कुटपिट गरी ज्यान मार्ने धम्की दिइएको बताइएको छ । उनी रामपुर नगरपालिका वडा ३ मा रहेको चर्चमा क्रियशील रहँदै आएका थिए । सोही स्थानका स्थानीय बासिन्दाहरुलाई धर्मका बारेमा जानकारी गराउँदै हिंडेको हुँदा ज्यान मार्ने धम्की दिँदै कुटपिट गरेको विराटले बताए । सो घटनापछि उनी भागेर आफ्नो सुरक्षा पाउँ भन्दै नजिकैको प्रहरी कार्यालयमा पुगेका थिए । तर पछि पनि पटक पटक सोही घटना दोहोरिन गएकोले विराटले देश छोडेर भागेको जानकारीमा आएको छ ।
विराट ठाडाले चर्च निर्माणको क्रममा आफ्नै जग्गाको काठहरु काट्दा हिन्दू धर्मका समुदायले यो सामुदायिक जंगलको काठ काटेको भन्दै झुटो बयानसहित वडा कार्यालयमा बुझाएको ठाडाले बताए । नापी नभएको सामुदायिक जंगलको काठ अनुमति बिना काटेको भन्दै उनीहरुले वडा कार्यालयमार्फत अदालतमा मुद्दा पेश गरी १२ वर्षको जेल सजायँ र १० लाख जरिवानासमेत तोकेको विराटले बताए ।