" />
तीनै जना पाटन अस्पतालमा भर्ना, अपार्टमेन्टमा प्रहरी तैनाथ
काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने एकै परिवारमा तीन जनामा कोरोना संक्रमणको आशंका गरिएको कारण पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको कारोनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो ।
अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो ।
सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो ।
उनीहरु बेलायतबाट फर्केको छिमेकीहरुलाई यसअघि नै थाहा थियो । तर उनीहरु विदेशबाट आएपछि कहिँ कतै पनि जचाउन पनि गएका थिएनन् । तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।
पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।