" />
काठमाडौं । मुलुकमा कोरोना भाइरसको दोस्रो भेरियन्टसँगै महामारीले त्रासदी फैलाएको छ । धेरै ज्यान लिइसकेको छ भने धेरैले कोरोनासँग लडिरहेको अवस्था छ । धेरैले कोरोना जितेर फिर्ता भए पनि पछिल्लो समय युवा पुस्तामा यो भाइरसले बढी आक्रमण गरेको अवस्था छ । यसै महामारीलाई लक्षित गर्दै लोकप्रिय गायिका सिता केसीको परिवार यतिबेला भगवान गुहार्दै छन् ।
गायिका सीता केसी, गायक कृष्ण केसी र मदन केसीले ‘भगवान’ बोलको गीत लिएर आएका छन् । धनी गरीब जो भए पनि माटो एउटै हो, आखिर जाने बाटो पनि एउटै हो भन्दै उनीहरुले भगवानसँग पुकारा गरिरहेका छन् । एकैघरका दाजु बहिनी र भाइको यो मिठो संयोग पनि हो । एकै गीतमा परिवार नै जोडिएका छन् । कृष्ण केसीको शब्द, संगीत र संगीत संयोजन रहेको यो गीतमा गायक कृष्ण केसीसँगै उनका भाइ मदन केसी र बहिनी सीता केसीको स्वर रहेको छ । यस गीतको रेकर्डिङ, मिक्सिङको काम रमेश सेन्चुरीले गरेका छन् । त्यस्तै छायाँकन, सम्पादनको काम भने क्रान्ति केसीले गरेका छन् । यस गीतलाई मदन केसीको नयाँ यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक गर्दै गायिका सीता केसीले लेखेकी छन् – ‘सुख होस् या दुस्ख हामी आखिर पुकार्ने भनेको भगवान् नै हुन् अहिलेको यो विषम् परिस्थितिलाई उतार्दै टुटेको मन् फुटेको चुरा र बगेको आँसुहरुलाई सान्त्वना दिंदै यो गीत सार्वजनिक गरेका हौं ।’